तुलसीपुर उपमहागरको बजेट : प्रत्येक वडामा १ करोड , बाढीपीडितका लागी ३ करोड

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ११ भदौ । तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७४÷०७५ को निति तथा कार्यक्रमको लागी भोलि बजेट प्रस्तुत हुन लागेको छ । भोलि ११ वजे नगर सभाहलमा हुने नगरपरिषदको दोस्रो बैठकको सम्पुर्ण तयारी पुरा भएको मेयर घनश्याम पाण्डेले जानकारी दिनु भएको छ । नगरपरिषदको दोस्रो वैठकले उपमहानगरपालिकाको विनियोजन ऐन २०७४ अनुसार आर्थिक वर्ष २०७४÷०७५ को निति तथा कार्यक्रम कार्यन्वयन गर्न बनेको ऐन पारित गर्नेछ ।

नगरको चालु आर्थिक वर्ष ०७४÷०७५ को अनुमानित आय व्यव वजेट रु एक अर्व १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रुपैया रहेको मेयर पाण्डेले जानकारी दिनु भएको छ । बाढीपिडितका लागि ३ करोड बजेट छुट्याउनुका साथै नगरका प्रत्येक १९ वटै वडामा १ करोडका दरले वजेट विनियोजन हुन लागेको उहाले जानकारी दिनु भयो । आज तुलसीपुरमा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा नगरपरिषदले विशेष कार्यक्रम सहित महत्वकाँक्षी योजनालाई प्राथमिकतामा राखेको मेयर पाण्डेले बताउनु भएको छ ।

जस अनुसार नगरको पहिलो प्राथमकिता शिक्षालाई जोड दिएको मेयर पाण्डेले बताउनु भएको छ । नगरको शैक्षिक गुणस्तर सुधारका लागी भन्दै सवै भन्दा वढि रकम २२ करोड वजेट विनियोजन गरेको मेयर पाण्डेले बताउनु भएको छ । नगरका कुनै विद्यालयमा प्राविधिक शिक्षा सन्चालनका लागी १० लाख अनुदान दिने,एयरपोट सन्चालन,खेलकुदको विकास गर्नका लागी प्रत्येक वडामा खेल मैदान,नगरका आठ वडामा रहेका स्वास्थ्य किल्निकबाट एम्वुलेन्स सेवा सन्चालन गर्ने, तुलसीपुर घोराही मनोरेल सन्चालन,नगर वस सन्चालन,अति विपन्न र पछाडी पारिएका समुदाय र युवाको क्षमता विकास तथा रोजगारका लागी विशेष योजनाहरु अघि सारेको मेयर पाण्डेले जानकारी गराउनु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ भाद्र ११ गते आइतवार
प्रतिक्रिया