मन्त्री बस्नेतले भने, सिंहदरबारको अधिकार गाउँमा पुगेपनि प्रशासनिक निकाय पुगेन

ओपेन्द्र बस्नेत,तुलसीपुर ११ भदौ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सिंहदरबारको अधिकार गाउँमा पुगेपनि प्रशासनिक निकाय नपुगेको बताउनुभएको छ । रिर्पोटर्स क्लव दाङले तुलसीपुरमा गरेको कार्यक्रममा स्थानीय तहमा सेवाप्रवाहको सूनिश्चिताको लागि तत्काल कर्मचारी व्यवस्थापन गर्ने बताउनुभयो । स्थानीय तहमा कर्मचारीको अभाव हुदा सेवां प्रभाहमा केहि कठिनाईहहरु भएको बताउदै मन्त्री बस्नेतले भदौ २० गते सम्म गाउँ र नगरमा कर्मचारी पठाई सक्ने बताउनुभयो ।

कर्मचारी समायोजन विधेयक संसदबाट पास भएपछि ८३ हजार निजामति कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो । ‘स्थानीय तहसम्म कर्मचारी पनि नपठाउने भर्ना पनि गराउन नदिने यो काम सरकारले गर्दैन, समायोजन मार्फत तल सम्म कर्मचारी पठाउँछौ, नपुगेको खण्डमा कर्मचारी न्युति गर्न, भर्ना गराउन भन्छौ ।’ – मन्त्री बस्नेतले भन्नुभयो ।

राष्ट्र सेवक कर्मचारी हुनलाई अहिलेको संघिय व्यवस्था अनुसार जिवन पद्धतीलाई ढाल्नु पर्ने बताउदै राज्य व्यवस्थालाई असहयोग गर्ने व्यक्ति राष्ट्रसेवक हुन नसक्ने बताउनुभयो । एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र, संघीय संरचनामा जाँदा केही समस्या भए पनि कानुन द्धारा समस्याको समाधन गरिने बताउनुभयो । संघीय संरचना मार्फत प्रवाह हुने सार्वजनिक सेवालाई चुस्त दुरुस्त, र पारदर्शी बनाएर तीनै तहमा सुशानको प्रत्याभूति दिलाउने गरि मन्त्रालयले कामलाईअघि बढाएको बताउदै मन्त्री बस्नेतले एकै ठाउँबाट सेवा प्रवाह गर्ने नागरिक केन्द्रित सेवा प्रवाह प्रणालीको विकास गर्ने बताउनुभयो ।

अर्को छुट्टै प्रसंगमा मन्त्री बस्नतेले प्रधानमन्त्री शेबहादुर देउवाले भारतमा गएर गलत सन्धीसम्झौतामा हस्ताक्षर गरेर देश बरबाद पा¥यो भन्ने लगत हल्ला पछि नलाग्न आग्रह गर्नु भयो । राम्रो कामको पनि विरोध गर्नु प्रतीपक्ष दलको धर्म भएको बताउदै प्रधान मन्त्री देउवाले गरेको राजकीय भ्रमण उपलब्धीमुलक र फलदायी भएको बताउनुभयो । त्यसैगरी उहाँले जम्बो मन्त्रीमण्डल सहायकुरा भएको बताउनुभएको छ ।

 

प्रकाशित मिति : २०७४ भाद्र ११ गते आइतवार
प्रतिक्रिया