Update ब्राउनसुगर सहित तुलसीपुरमा ४ जना पक्राउ

 

तुलसीपुर, १० भदौ
प्रहरीको विशेष टोलीले ब्राउनसुगर सहित तुलसीपुरमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ डुम्रीगाउँ निबासी २० बर्षका सन्तोष गुरुङ, सोही ठाउँका १९ बर्षका सुधिर बुढमगर, १९ बर्षका सविन केसी र दंगीशरण गाउँपालिका ५ निबासी २९ बर्षका एकानन्द न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रहरीले गुरुङको साथबाट ०.५० ग्राम अबैध खैरो ब्राउनसुगर र न्यौपानेको साथबाट नाटाभेट र मनोदिप लागुऔषध बरामद गरेको छ । ‘तुलसीपुरको डुम्रीगाउँमालागु औषधको विक्रिवितरण तथा कारोबार भइरहेको छ भन्ने सूचना आयो,–प्रहरी नायब निरीक्षक जिसीले भन्नुभयो, उनिहरुको शरिर खानतलासी गर्दा खैरो ब्राउनसुगर र लठ्ठ पार्ने ट्याब्लेट फेला प¥यो ।’ शनिबार विहान पक्राउ परेका आरोपीलाई अबैध लागुऔध ओसारपसार सम्बन्धि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

 

 

प्रकाशित मिति : २०७४ भाद्र १० गते शनिवार
प्रतिक्रिया