तुलसीपुर,१० भदौ । दाङको पश्चिम क्षेत्रमा बलात्कारका घटनामा बृद्धि भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा जवरजस्ती करणीका १७ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तैगरी करणीको प्रयासका ६ वटा मुद्धा दर्ता भएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/०७३ मा जवरजस्ती करणीका १६ वटा मुद्धा दर्ता भएका छन् भने २ वटा मुद्धा करणीको प्रयास सम्वन्धि दर्ता भएको कार्यालयले जनाएको छ ।
वितेका दुई वर्ष लाई तुलना गर्दा आर्थिक वर्ष ०७३/०७४ मा बलात्कारको घटनामा बृद्धि हुन आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । जस मध्य वितेको दुई आर्थिक वर्षमा ३३ वटा करणी सम्बन्धि मुद्धा र ८ वटा करणी उद्योग सम्वन्धि मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ भाद्र १० गते शनिवार