वाढीपीडितलाई सुरक्षित वसोवासको व्यवस्था छिटै हुन्छ : मेयर पाण्डे

 

तुलसीपुर , भदौ ७ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले वाढीपीडितको सुरक्षित वसोवासका लागि आफुले तत्काल पहल गर्ने वताउनु भएको छ । राहत वितरण र यसको दीर्घकालिन समाधानका वारेमा सरोकारवालाहरुसँग भएको समिक्षा कार्यक्रममा मेयर विपद व्यवस्थापन कोषका संयोजक समेत रहनु भएका पाण्डेले सो कुरा वताउनु भएको हो ।

कार्यक्रममा विषय प्रवेश गराउँदै पाण्डेले राहत वितरण सरल, व्यवस्थित र प्रभावकारी वनाउका लागि आफु कटिवद्ध भएर लागेको वताउँदै भत्केका सडक, विजुली, खानेपानी र सिचाइको तत्काल पुर्ननिर्माण कार्य अगाडि वढाइने समेत वताउनु भएको थियो । राहत वितरणमा संयमता अपनाएका कारणले नक्कली वाढीपीडित वनेर राहत लिने प्रवृत्तिको यसपटक अन्त्य भएको वताउँदै क्षतिको वास्तविक विवरण संकलनका लागि उपमहानगरले टोलि समेत खटाइसकेको मेयर पाण्डेको कथन थियो ।

‘पुर्ननिर्माणका लागि क्षतिको विवरण संकलन भइरहेको छ र हामीले अनुमानित १ अरव सरकारसँग माग समेत गरिसकेका छौ ’ पाण्डेले भन्नुभयो ।
छलफल कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले पुनर्निमाणको कार्य अगाडि वढाउदा घरवासको पुँजिलाई आधार वनाउनुपर्ने, सहयोगका क्रममा नगद भन्दा पनि जिन्सी सामान दिनुपर्ने, एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए । रेडक्रस, सुरक्षाकर्मी र राजनीतिक दलले संयुक्त रुपमा तयार पारेको मुचुल्काका लाई आधिकारीकता दिनुपर्नेमा पनि उहाँहरुले जोड दिनुभएको थियो ।
राहत वितरण समयमै हुन सकेकाले वाढीपीडितले धेरै सास्ती खेप्नु नपरेकोमा वक्ताहरुले विपद व्यवस्थापन कोषको प्रशंसा समेत गरेका थिए ।

सो कार्यक्रममा सुचना अधिकारी झरेन्द्र खरेलले वाढीको क्षतिको विवरण प्रस्तुत गर्दै हालसम्म तुलसीपुर उपमहानगरपालिका भित्र ४ जनाको मृत्यु र १५० घर पूर्ण क्षति भएको जानकारी गराउदै सवैभन्दा वढि वडा नम्वर १३मा क्षति भएको पनि उहाँले वताउनु भयो । उहाँले विपद व्यवस्थापन कोषमा ३१ लाख ३३ हजार रुपैया जम्मा भइसकेको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा उपमेयर माया आचार्य,नेपाली काँग्रेसका सुरेन्द्र खड्का, माओवादी केन्द्रका शेषुराम भण्डारी, राप्रपाका लालवहादुर केसी, जनजागरण पार्टीका टोपवहादुर महतरा, नागरिक समाजमा टिकाराम रेग्मी, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष नारायण प्रसाद आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, राप्ती अञ्चल वस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल,इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धनवहादुर केसी, रोटरी क्लव अफ तुलसीपुर सिटीका तुफानवावु श्रेष्ठ, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, ओरेक नेपालकी दिपा धिताल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र ८ गते बिहिवार
प्रतिक्रिया