पत्रकार महासंघमा आचार्यको प्यानल विजयी,कस्ले कती मतले जिते हेर्नुहोस्

काठमाण्डौ,६ भदौ ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको प्यानल विजयी भएको छ । नेपाल पे्रस युनियन र पे्रस सेन्टर नेपालको संयुक्त प्यानलबाट अध्यक्ष बन्नु भएका आचार्यले ७३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी पे्रस चौतारीका तर्फबाट उम्मेदवार बन्नु भएका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै अन्य पदाधिकारीमा पनि युनियन र सेन्टरकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा खुलातर्फ विपुल पोखरेल, समावेशीतर्फ दिलिप थापामगर, महासचिवमा रमेश विष्ट विजयी हुनुभएको छ । त्यस्तै सचिवमा खुलातर्फ रामप्रसाद दाहाल, महिलामा लक्ष्मी पुन, दलित रेमबहादुर विश्वकर्मा, मधेसी शीतलप्रसाद महतो, आदिवासी जनजातितर्फ उदय जिएम विजयी हुनुभयो भने एसोसियटतर्फ प्रकाश थापा विजयी हुनुभयो । यस्तै कोषाध्यक्षमा राजेश मिश्र विजयी हुनुभएको छ । लेखा समिति संयोजकमा रोशन पुरी तथा सदस्यहरुमा भुपेन्द्र आचार्य र मीरा राजभण्डारी विजयी हुनुभएको छ ।

कस्ले कती मतले जिते हेर्नुहोस्

प्रदेशतर्फ पनि युनियन र सेन्टरकै प्यानलको बहुमत छ । प्रदेश नम्बर १ मा सटेन्द्र जबेगु (प्रेस चौतारी) र उद्धव तिमिल्सिना (प्रेस युनियन), प्रदेश नम्बर २ मा देवराम यादव (प्रेस सेन्टर) र शैलेन्द्र झा (प्रेस युनियन), प्रदेश नम्बर ३ मा द्वारिका काफ्ले (प्रेस चौतारी) र कृष्ण गिरी (प्रेस चौतारी) रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर ४ मा रामकृष्ण ज्ञवाली (प्रेस चौतारी) र नवीन कुइँकेल (प्रेस सेन्टर), प्रदेश नम्बर ५ मा बसन्त गिरी (प्रेस सेन्टर) र पुरुषोत्तम सुवेदी (प्रेस युनियन), प्रदेश नम्बर ६ मा कलेन्द्र सेजवाल (प्रेस युनियन) र पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर) तथा प्रदेश नम्बर ७ बाट मीन बम (प्रेस युनियन) उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को बराबरी ४५÷४५ मत आएको छ । यसैगरी काठमाडौं उपत्यका लेखनाथ न्यौपाने (प्रेस सेन्टर) र गोबिन्द चौलागाईं (प्रेस चौतारी), प्रतिष्ठान तर्फ टिकाराम प्रधान (प्रेस सेन्टर) र यम बिरही (प्रेस युनियन) विजयी भएका छन् ।

३ जना महिला केन्द्रीय सदस्यमा सिर्जना अर्याल, स्वेता सिन्हा र जानुका बराल निर्वाचित भएका छन् । ५ सदस्यीय खुला केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । हिजो भएको मतदानमा कुल एकहजार पाँचसय ८ मत रहेकोमा चौधसय ४९ मत खसेको थियो । आगामी ३ वर्षे कार्यकालका लागि महासंघको ४७ सदस्यीय नेतृत्व चयन हुन लागेको हो ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया