जनज्योति विद्यालय लाई कतारबाट सहयोग

तुलसीपुर,६ भदौ । तुलसीपुर १३ स्थित जनज्योति माध्यमिक विद्यालय लाई कतारमा रहेका प्रवासी नेपालिहरुले आर्थिक सहयोग गरेका छन । विद्यालयको भौतिक विकास पुर्वाधारका लागि उनिहरुले सहयोग गरेका थिए । कतारमा रहेका नेपालीहरुले १ लाख १७ हजार ५१ रुपैयाँ संकलन गरी विद्यालय लाई सहयोग गरेका थिए । रोजगारीको शिलसिलामा कतारमा रहेका तुलसीपुर १३ निवासी शँकर नेपालीको अगुवार्इमा उक्त रकम संकलन गरी बिद्यालय लाई प्रदान गरिएको हो ।

यसैविच उक्त सहयोग रकम बाट विद्यालयको कम्पाउण्डमा तार जाली र गेट निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक प्रकाश भट्टराईले बताउनुभएको छ ।

यस अघि विद्यालयमा गेट नुहदा समस्या भएको थियो । गेट नहुदा विद्यालयमा क्षती हुने गरेकाले गेट निर्माण तथा तारजाली लगाईएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । कम्पाउण्डमा तारजाली र गेट नहुदा विद्यालय समय भन्दा अन्य समयमा भौतीक क्षती हुने,बर्षे विदामा गौचरणका रुपमा प्रयोग हुने गर्दथ्यो ।

साथै विद्यालयले सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । एक विज्ञप्ती जारी गरेर विद्यालय प्रती देखाएको सहयोगको लागी हार्दिक धन्यवाद दिदै आभार प्रकट गरेको जनाईएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपाली र प्रधानाध्यापक प्रकाश भट्टराईद्धारा जारी विज्ञप्तीमा धन्यवाद ज्ञापन गरीएको छ ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया