बाढीले कुलाको बाध भत्काएपछि दंगिशरणमा सिचाईको समस्या

तुलसीपुर,५ भदौ । दंगीशरण गाउँपालिका ६ र ७ नम्बर वडाका खेतमा सिचाईको समस्या भएको छ । शान्तिनगर गाऊँपालिकामा पर्ने बौलाहा खोलामा रहेको कुलाको बाँध बाढीले भत्काएपछी त्यहाँका करिब एक हजार पाँच सय बिगाहा खेतमा सिचाईको समस्या परेको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कुलामा पानी नहुँदा वडा नम्बर ६ र सातको नौ मौजाको खेतमा लगाइएको धानबाली नष्ट हुने खतरा बढेको छ । पानीको अभावका कारण खेतमा कमिला हिड्ने र सुकेर चिरा परेको एमाले नेता उत्तरकुमार वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बौलाहा खोलामा बगेको बाँधलाई पुनःनिर्माण थालिएको छ ।

खोलामा तारजाली लगाएर डोजरको सहायताले बाँध बाँध्ने काम भइरहेको र तीन दिन भित्र काम सकेर खेतमा पानी पु¥याउने तयारी भइरहेको छ । गाउँपालिका अध्यक्ष चौधरी र एमाले नेता वलीको सक्रियतामा भत्किएको बाँध बनाउन थालिएपछी स्थानीयहरु खुसी भएका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र ५ गते सोमवार
प्रतिक्रिया