सल्यान सल्लीवजार – खलँगा सडक अबरुद्ध, नागरीकहरु यसरी भोग्दैछन् सास्ती

दुर्गा वि.सी., सल्यान ५ भदौ । बन्गाड कुपिण्डेसँग सदरमुकाम जोडने सल्लीवजार सल्यान खंलगाबाटो अबरुद्ध हुदाँ नागरिकले सास्ती ब्यहोरेका छन । केहि दिन अघि परेको अविरल वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जाँदा आवगमन ठप्प भएको छ । सदरमुकाम जाने आउने बाटो वर्षातका कारण बन्द भए पछि सल्यान पश्चिम क्षेत्रका नागरिक १ दिनमा सदरमुकाम पुग्ने गरेका छन् ।

बाटो सुचारु नहुदाँ दैनिक दिन नागरिक काम काजको लागि आवत जावत गर्दा पैदल हिडेर जाने र आउने गरिरहेका छन् । बाटो अत्यन्तै जोखिम र वर्षातले ठाउँ ठाउँमा बाटो विगारीदिए पछि आवत जावतमा समस्या भएको स्थानीय पुष्कर वि.कले वताए । सदरमुकाम खंलगासँग जोडिएको बाटोको पहिरो नपन्छाइदिदाँ समस्या भएको उनले वताए । २ वर्षमा बाटोको स्तर उन्नती सम्पन्न गर्ने भनेर कामको जिम्मा पाएको सन्तोषी निमार्ण सेवाको ढिलाईका कारण बाटो दिन प्रति दिन जोखिम बन्दै गएको छ ।

नागरिकले दैनिक दिन आवत जावतमा ठुलो समस्या व्यहोर्दा समेत सम्वन्धीत निकाय भने मौन वसेको स्थानीयको भनाई छ । बाटोको कामको जिम्मा लगेको निमार्ण कम्पनीको ढिलाई प्रति समेत सम्बन्धीत निकाय मौन रहेको आरोप छ । अर्को तर्फ सल्लीवजार देखि रुकुम चौहरजारी सडक २ महिना देखि बन्द अवस्था छ ।

वर्षातका कारण बाटो बन्द भए पछि उक्त क्षेत्रमा समेत आवत जावतमा नागरिकले सास्ती खेपिरहेका छन् । विरामी पर्दा अस्पताल लिनु परे नागरिकलाई वोकर सल्लीवजार पुर्याउनु पर्ने वाध्यता रहेको छ ।

प्रकाशित मिति : २०७४ भाद्र ५ गते सोमवार
प्रतिक्रिया