तुलसीपुर,३ भदौ । तुलसीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले बाढीपिडितको सहयोगमा जुट्न अपिल गरेका छन । अविरल बर्षापछि आएको बाढीले धनजनको क्षती भएको भन्दै बाढीपिडतका लागी गास,बास र कपासको ब्यबस्था मिलाउनु पर्ने भएकाले सहयोग गर्न उनले यस्तो अपिल गरेका हुन । तुलसीपुर खवर सँग कुराकानी गर्दै उनले महिलाको महान पर्व तीज विशेष कार्यक्रममा धेरै खर्च गर्नुंभन्दा वाढीपिडतलाई सहयोग गर्न आग्रह गरेका हुन ।
तीजमा दर खाने भन्दै खर्चिलो नबनाई मानवियताको हिसावले बाढीपिडतको समस्या लाई मध्यनजर गरी कम खर्चिलो बनाउनुपर्ने उनको भनाई छ । बाढीपिडतहरुरुसाथै प्रमुख पाण्डेले तीज विशेष कार्यक्रममा आफु सहभागी नहुने प्रतिबद्धता जनाएका छन । यस दुखको क्षणमा आफु त्यस्ता कार्यक्रममा सभागि नहुने उनले जनाएका छन ।
साथै बाढीपिडित सहयोगार्थ कार्यक्रममा भने सहभागी हुने उनले बताएका छन । बाढी काकारण तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ मा सबैभन्दा बढि क्षती पुराएको छ ।