मिना बुढाथोकी, सल्यान ३ भदौ । जिल्ला स्तरिय सरोकारवालाहरुको लागी बाल अधिकार बाल संरक्षण सिफारिस संयन्त्र विषयक अभिमुखीकरण कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेन तथा दलित विकास सल्यानको साझेदारीमा संचालित एकीकृत परियोजनाका बाल अधिकृत गुमान सिं नेपालीले जिल्लमा जोखिम अवस्थामा रहेका वा रहन सक्ने बालबालिकालाई तत्काल उद्धार गरी महिला तथा बालबालिका कार्यालय सल्यानमा सिफारिस गर्न सहभागी हरुलाई नेपालीले आग्रह गर्नु भयो ।
सिफारिस गरिएका त्यस्ता बालअधिकारको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र सम्मानका लागि आवश्यक व्यवस्था गर्न आप्तकालीन कोषले सहयोग पुर्याउने उहाले बताउनु भयो । जिल्लाका जोखिमपूर्ण श्रममा संलग्न रहेका बालबालिका ,हराएका वा वेवारिस अवस्थामा फेला परेका, ऋृणको कारणले बन्धकमा रहेका वा जवरजस्ती श्रमबाट पीडित भएका, शारीरिक वा मानसिक यातना वा भेदभाव जस्ता दूव्र्यवहारबाट पीडित भएका बालबालिका भेटिएमा महिला तथा बालबालिकामा गई सिफारिस गर्न सकिने कार्यक्रममा जानकारी गराईएको थियो ।
त्यस्तै दूर्घटनामा परेका प्राकृतिक वा दैवीप्रकोपमा परेका, बाबु वा आमा कारागार वा हिरासतमा रहेको वा कुनै कसूर सम्बन्धित रहेको कारणले बेवारीस भएका, यौनशोषण, यौन दूव्र्यवहार, बेचबिखन वा ओसारपसारमा परेका, हिंसाबाट प्रभावित भएका, बाबु आमा वा संरक्षकबाट बन्चितभएका, अपाङ्गता भएका,अपहरण वा शरीर बन्धकमा परेका, एच.आई.भी. एड्स संक्रमित भएका, जन्मने वित्तिकै आमावा बुवाबाट तिरस्कृत भै संरक्षण विहिन अवस्थामा फेला परेको शिशुलाई पनि सिफारिस गर्न सकिने बाल संरक्षण संयोजक नेपाली ले बताउनु भयो ।
उहाले कोष स्थापना भएको एक वर्ष बिति सक्दा पनि कतै बाट यस्ता खालका सिफारिस हरु नआएकाले आगामी दिनमा यस्ता बालबालिका भेटिएमा तुरुन्त सिफारिस गर्न सम्बन्धित सबैमा अनुरोध गर्नु भयो । दलित विकास समाज सल्यानको आयोजना तथा महिला तथा बालबालिका कार्यालय सल्यानको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
आपत्तकालिन बाल उद्दार कोषको उद्देश्य भनेको जोखिम अवस्थामा रहेका बालबालिकाको उद्धार गर्ने, जोखिम अवस्थामा रहेका बालबालिकालाई राहतउपलब्ध गराउने, जोखिम अवस्थामा रहेका बालबालिकालाई पारिवारिक पुनस्र्थापना गर्ने, आवश्यकमनोसमाजिक परामर्श तथा स्वास्थ्योपचार उपलब्ध गराउने र जोखिमअवस्थामा रहेका बालबालिकाको बालअधिकार संरक्षण र सम्बद्र्धनको सुनिश्चिततागर्ने रहेको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।