शरद रेग्मी
भाद्र १ तुलसीपुर / दाङका वाढी पिडितहरुका लागि तुलसीपुर उद्योग वाणिज्य संघले एक लाख २१ हजार नगद सहयोग गरेको छ । वाणिज्य संघले आज विहिवार एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालीका मेयर घनश्याम पाण्डेलाई हस्तान्त्रण गरेको हो । उपमहानगरले स्थापना गरेको मेयर प्राकृतिक विपत व्यवस्थापन कोषमा तुलसीपुर क्षेत्रका व्यवसायीहरु वाट संकलन भएको रकम वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले मेयर पाण्डेलाई हस्तान्त्रण गर्नु भएको हो ।
तुलसीपुर क्षेत्रमा वाढीवाट भएको क्षतिको विवरण सहित एक द्धार प्रणालीवाट मात्रै पिडित समक्ष राहत पुरयाउने उद्देश्यले नगरपालीकाले विपत व्यवस्थापन कोषको स्थापना गरेको हो । सो अवसरमा वोल्दै मेयर पाण्डेले विपतको वेला सहयोग गर्नु मानविय धर्म भएको भन्दै यस क्षेत्रका संघ संस्थाले खेलेको सकारात्मक भुमिकाको प्रसंसा समेत गर्नु भयो । उहांले विपतको घडिमा आफुहरुलाई उद्धार, राहत र पुनरस्थापनामा सहयोग गर्नु हुने उद्योगी व्यवसायीहरुले महत्वपूर्ण सहयोग प्रदान गरेको भन्दै आगामि दिनमा समेत सहयोगको अपेक्षा गर्नु भयो ।
कार्यक्रममा वोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले आफुहरु स्वत स्फुर्त रुपमा व्यवसायीहरुवाट राहत संकलन गरेको भन्दै एक द्धार प्रणाली वाट मात्रै राहत संकलन र वितरणले वजारमा व्यवसायीहरुलाई सहजता प्रदान गरेको वताउनु भयो । उहांले गते वर्ष जस्तो वाणिज्य संघले कुनै पनि स्थानमा गई राहत स्वरुप कुनै पनि जिन्सी तथा नगद संकलन नगरेको समेत प्रष्ट पार्नु भयो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष विमल रिजाल,सल्लाहकार सुरेश हमाल, वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे, उपाध्यक्ष ललित जंग शाह, महासचिव रुप वहादुर खत्री , कोषाध्यक्ष डिल्ली वहादुर वली,प्रेस सल्लाहकार शरद रेग्मी, खाद्यान्न संयोजक जनक रावत, किराना संयोजक वसन्त कुमार खड्गी ,लगायतको सहभागिता रहेको थियो ।
यता किराना व्यवसायीले संकलन गरेको १५ हजार ९ सय किराना उपसमितिले संकलन गरेको ६ हजार एक सय रुपैया वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतलाई हस्तान्त्रण गरेको थियो । यसै विच आजै मृतकका परिवारहरुले जनही २ लाखका दरले नगद रुपैया वुझाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिनु भयो । दाङमा वाढीवाट आज सम्म ५ जनाको मृत्यु भैसकेको छ ।