तुलसीपुर, ३२ साउन
अबिरल बर्षात पछि आएको बाढीले तुलसीपुर उपमहानगरपालीका भित्रका विभिन्न खानेपानी सस्थाँको पाइप बगाउदा करिब ४२ लाख बढीको क्षेति भएको छ । बाढीले खानेपानीको पाइप बगाउनुका साथै मुहान समेत पूरेको खानेपानी संस्थाहरुले बताएका छन् । गत साउन २९ मा पातुखोलामा आएको बाढीले अमृतपुर खानेपानी तथा सरसफाइ सस्थाँको विभिन्न आकारका झण्डै ६ सयमिटर पाइप वगाएको थियो । पाइप वगाए पश्चात खानेपानी वितरणमा असहज भएको सस्थाँका कोषाध्यक्ष सगिंत वस्यालले वताउनु भएको छ । कोषाध्यक्ष वस्याँलका अनुसार गिठे खोलावाट आएको एउटा पाइप र झाँक्रीढुङ्गाको मुहानवाट आएको चार मध्ये एउटा गरी दुइवटा पाइप वगाएपछि खानेपानीवितरणमा समस्या देखापरेको छ ।
उपभोक्ताहरुलाइ दिनको दुइ पटक पानी वितरण गरीएकोमा हिजोआज एक पटक मात्र पानी वितरण गरेको वताउदै वस्यालले हाल सम्म खानेपानीको २० लाख बढीको क्षति भएको वताउनु भयो । खानेपानीको समस्या समाधान गर्नका लागी एक हप्ता लाग्ने उहाँले वताउनु भयो ।
यता अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पनि १२ लाख बढीको क्षेति भएको बताएको छ । भमकेखोलमा आएको बाढीले चुनेपहरा र कालामारे खानेपानी मुहान पुरेको संस्थाका अध्यक्ष तीलक कबहादुर बस्नेतले जानकारी दिनुभयो ।
‘गोकुल डाँडा, काठेखोली, कात्तिके, भट्टेको पधेंरो र धापा लगाएतका स्थानमा सयौंमिटर पाइप पहिरोले बगाएको छ, पुनः संचालनमा आउन करिब १२ /१३ लाख रुपैया लाग्छ’ अध्यक्ष बस्नेतले बताउनुभयो ।
विकट र पहाडी क्षेत्र भएकाले मर्मत सम्भारपछि पानी सुचारु हुन करिब १० दिन लाग्ने समितिले बताएको छ । गत शनिबार देखि धारामा पानी नआउदाँ ४ हजार बढी स्थानीयहरु प्रभावित भएका छन् । स्थानीयहरुले हिजोआज गहते र भमकेखोलाबाट पानी लिएर पिउने गरेका छन् ।
त्यस्तै तुलसीपुर खानेपानी तथा सरसफाइ सस्थाँको झण्डै १०लाख वरावरको क्षति भएको छ । तुलसीपुर ९वेलुवामा रहेको ट्रिटमेन्ट प्लानको टंकीमा ५लाख वरावरको क्षति भएको छ भने मुलकोट,राम्रीको मुहानमा रहेको पाइपलाइनमा भएको क्षति वाट ३ लाख वरावरको क्षती भएको छ । त्यस्तै पाइपलाइनको सर्पोटका लागी वनाएका पिलरहरु भत्काएपछि झण्डै २ लाख क्षती भएको अध्यक्ष खेमराज वलीले वताउनु भयो ।