बाढीपीडीत महिलालाई बलात्कार गर्ने को हुन ?

तुलसीपुर, ३१ साउन

पश्चिम दाङमा बाढीपीडीत महिला बलात्कृत भएकी छन् । बबइ गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडा नम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो ।

घरभित्रको पानी बाहिर फालिरहेकी ती महिलालाई साउन २९ गते राती १० बजेतिर वलीले बलात्कार गरेका थिए । वलीले ती महिलाका श्रीमान्लाई घरनजिकैको होटेलमा मदिरा सेवन गराई बेहोस बनाएर श्रीमतीलाई बलात्कार गरेका थिए । वलीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी ऐन अनुसार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विवेक कुमार शाहले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७४ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया