पत्रकार महासंघको अध्यक्षमा तीनजनाको उम्मेदवारी घोषणा

काठमाडौं, ३१ साउन । नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका वर्तमान महासचिव उजिर मगर र माओवादीनिकट प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइरालालाई एमाले निकट प्रेस चौतारीले समर्थन गरेको छ । यस्तै कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्यलाई चुनौती दिनेगरी प्रेस सेन्टरबाटै मगरले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मगर यसअघि प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनबाट महासचिव बन्नुभएको थियो । यसपटक पनि चौतारी र सेन्टरको गठबन्धन कायमै राख्ने प्रयास भएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार सेन्टरले युनियनसँग तालमेल गरेको हो । पत्रकार महासंघको २५ औं महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : २०७४ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया