तुलसीपुर, ३० साउन
गत शनिबार देखि अबरुद्ध तुलसीपुर–घोराही सडक खण्ड सुचारु गर्न द्रुत गतिमा काम अघि बढाइएको छ । तुलसीपुर उप महानगरपालिका ६ स्थित मोतिपुर र हात्तिखौवाको विचमा पर्ने सोतमा हालेको ह्युमपाईप गत शुक्रबार परेको अबिरल बर्षात पछि आएको बाढीले पक्की सडक संगै बगाए पछि सडक अबरुद्ध छ । अस्थाई रुपमा सडक सुचारु गर्न ह्युमपाईप राखेर पुर्नेकाम भइरहेको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
‘अहिले सडक डिभिजन कार्यालय दाङले दुई वटा जेसीवी र ४ वटा ट्रिप्पर लगाएर काम गरिरहेको छ, – ‘नगरप्रमुख पाण्डेले भन्नुभयो’ – शसस्त्र प्रहरी र नेपाली सेनाले पनि सघाई रहेको छ ।’
अपरान्ह देखि सडक सुचारु गर्नेगरि काम तीब्र रुपमा अघि बढाइएको पाण्डेले बताउनुभयो । सडक सुचारु गर्न सांसद डिल्लीबहादुर चौंधरीले पनि सक्रियता देखाउनुभएको छ । सडक सुचारु गर्न तुलसीपुर उपमहानगरपालिकाले गत शनबिार देखिनै तदारुक्ता देखाएको थियो । सडक अवरुद्धका कारण सवारी संचालन नहुदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।