बाढिले दाङ जिल्लामा पुर्याएको क्षतिको अवस्था

 

तुलसीपुर,३० साउन । लगातारको बर्षाका कारण बाढीले बिस्तापित भएकाहरुको अबस्था यस्तो छ । आज सोमवार विहान साढे ७ बजे सम्मको ।

 दंगिशरण गापा १ का बिस्तापितहरुलाई निमावि बाँकीमा १५० जनालाई राखिएको आजको दिनसम्म समुदायमा नै रहेको खानेकुरा खाएर बसेको बिवरण आएको छ भने १०० जनाहरु आफन्त र छिमेकीहरुको घरमा बसेको जानकारी वार्ड अध्यक्ष मार्फत आएको छ ।

 दंगिशरण गापा ३ मा ४० घरमा पानी पसेको भन्ने बुझिन आएको छ ।

 तुपु उमनपा १३ मा ४५ घरका २२५ जना बिस्तापित भएकामा आफन्तकोमा आश्रय लिएर बसेको र तत्काललाई खानाको ब्यवस्था स्थानियले नै सहयोग गरेका छ, मौषम, बाटोका कारण अन्य सहयोग गर्नका लागी जान नसकिने अबस्था छ ।

 क्वाङ्गखोलाले बगाएर बेपत्ता भएको तुउमनपा ११ निवासी बर्ष ४० को मेख वहादुर केसीलाई अझैसम्म फेला नपरेको ।

 लमही नपा ९ का ४४ घर बिस्तापित भएकामा सामुदायीक बनको भवनमा राखिएको भने केही परिवार स्थानिय ब्यापारी, समुदायको घरमा आश्रय लिएर बसेका छन खानाको ब्यवस्था स्थानिय ब्यापारी, स्थानियबाट गरीएको छ, महिला तथा बालबालीका बिरामी परेका, मूख्य खानेपानीको अबस्था नाजुक रहेको रेडक्रस ले ५ वटा त्रिपाल उवलब्ध गराएको तर नपुग रहेको छ ।

 लनपा ९ को रिहारका १२ घर लाई स्थानिय बिद्यालयमा राखिएको छ जनसंख्या एकिन नभएको  खाना तत्कालका लागी स्थानिय ब्यापारी तथा स्थानियले गरीरहेका छन तत्कालका लागी खानेपानी तथा तयारी खाना ब्यवस्था गर्नुपर्ने,

 बवई गापा को बिवरण प्राप्त नभएको ।

 हालसम्म ३ जना मृतक २ जना घाईते, १ जना बेपत्ता भएको ।

 राप्ती नदिको सतह बृद्धि भईरहेको

 राजपुर गापा वार्ड नंं १, बेलामा २ वटा कच्ची घरमा क्षती भएको छ, क्षती भएका परिवार आफन्तकोमा बसेका छन ।

 घोराही तुलसीपुर बाटो अबरुद्ध भएको, घोराही लमही सडक अबरुद्ध छ, तुलसीपुर अमिलिया सडक अबरुद्ध भएको छ ।

 राजपुरको अबस्था थाहहुन सकिएको अबस्था नभएको ।

तत्काल आत्याबश्यक पर्ने सहयोगहरु : १. तयारी खाना, अस्थायी आबास, पानी, आधारभुत स्वास्थ्य सेवा, सरसफाई,

प्रकाशित मिति : २०७४ साउन ३० गते सोमवार
प्रतिक्रिया