Update बगरपुर बस्तीको यसरी भयो उद्धार

तुलसीपुर,३० साउन । अविरल बर्षाका कारण डुवानको उच्च जोखिममा रहेको तुलसीपुर १३ ढकना बगरपुरको बस्तीमा रहेका लाई उद्धार गरीएको छ । साविक फुलवारी गाविसको पश्चिम भेग बेलटाकुरा सँग सटेको बस्ती डुवानको खतरामा रहेको थियो । सो बस्तीमा ६ घरका एक दुधे बालक सहित ९ जना उद्धारको पर्खाईमा थिए ।

एक तिर बबई र अर्कोतिर क्वाङ्खोला रहेकाले सुरक्षित स्थानमा आउन नसकेकोले आफुहरु लाई उद्धार गरीदिन जितु बस्नेतले तुलसीपुर खवरलार्ई फोन मार्फत बताएका थिए । पानीको बहाव नघटेकाले वरपर बाट बाढिले च्याप्दै आएकाले आफुहरु खतरामा रहेको थियो ।

यसैविच तुलसीपुर उपमहानगरको सक्रियतामा उनिहरुलाई उद्धार गरीएको छ । हिजो अवेर नगरप्रमुख,उपप्रमुख, १९ नम्बर बाहिनिका जर्नेल, इलाका प्रहरी कार्यालयका ईन्सपेक्टर र स्थानियको सक्रियतामा जित बहादुर बस्नेत,गिता बस्नेत,नाबालक निशा बस्नेत,चन्द्रा डाँगी,झुमा डागी,रामसरी खत्री ,नर सिङ डाँगी,निम बहादुर बस्नेत र शान्ता बस्नेत लाई डुङ्गाद्वारा उद्दार गरिएको उपमहानगरका कर्मचारी मान बहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ साउन ३० गते सोमवार
प्रतिक्रिया