ढकनाको बगरपुर बस्ती बाढिको उच्च जोखिममा-उनिहरु भन्छन,हामिलाई बचाईदिनुहोस

बसन्त परियार,तुलसीपुर २९ साउन । अविरल बर्षाका कारण तुलसीपुर १३ ढकना बगरपुरको बस्ती डुवानको उच्च जोखिममा परेको छ । साविक फुलवारी गाविसको पश्चिम भेग बेलटाकुरा सँग सटेको बस्ती डुवानको खतरामा रहेको छ । सो बस्तीमा ६ घर रहेका छन । त्यहा एक दुधे बालक सहित ९ जना अहिले उद्धारको पर्खाईमा छन । एक तिर बबई र अर्कोतिर क्वाङ्खोला रहेकाले सुरक्षित स्थानमा आउन नसकेको उनिहरुले बताएका छन ।

साथै आफुहरु लाई उद्धार गरीदिन जितु बस्नेतले तुलसीपुर खवरलार्ई फोन मार्फत बताए । पानीको बहाव नघटेकाले वरपर बाट बाढिले च्याप्दै आएकाले आफुहरु खतरामा रहेको उनले बताए । त्यहा अहिले उपमहानगर र ईलाका प्रहरी कार्यालयले डुङ्गाको सहायतबाट उद्धारको प्रयास गरेको उपमहानगरका कर्मचारी मान बहादुर रावतले बताए ।

यस्तै तुलसीपुर ११ बेलटाकुरामा एक घर भत्कीएको छ । गयराती मान बहादुर शाहको घर भत्कीएको बताईको छ ।

प्रकाशित मिति : २०७४ साउन २९ गते आइतवार
प्रतिक्रिया