तुलसीपुर, २९ साउन
राप्ती राजमार्ग अन्तर्गत तुलसीुर अमिलिया सडक खण्डमा अलपत्र परेका यात्रुलाई एक जना पत्रकारले निशुल्क खाजाको व्यवस्था गरेका छन् । शितलपुरको बबई नदि देखि अमिलियाको विचमा अलपत्र परेका यात्रुलाई पत्रकार देवीराम कुसारीले निशुल्क खाजाको व्यवस्था गर्नुभएको हो । उहाँले ६० जना यात्रुलाई चिउरा, विस्कुट, चाउँचाउ र पानीको व्यवस्था गर्नु भएको हो ।
प्रकाशित मिति : २०७४ साउन २९ गते आइतवार