तुलसीपुर,२८ साउन । गयराती देखी परेको अविरल बर्षाले दाङ जिल्लाका विभन्नि ठाउहरुमा क्षती पुराएको छ । जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्र दाङमा शनिवार दिउसो १ बजेसम्म भएको क्षती र प्रतिकार्यको अबस्था यस्तो छ ।
तुलसीपुर उमनपा वार्ड नंं ९ सिवपुर पहिरोले पुरीएर ४ घर क्षती मानविय क्षतीको बिवरण नआएको ।
तुलसीपुर उमनपा वार्ड नंं १३ गिद्धेपानीको पुरै डुवानमा परेको बिस्तृत बिवरण आईनसकेको, प्रतिकार्यका लागी नेपाल प्रहरी रामपुर र बाँकीका स्थानिय बासी, नेरेसोका स्वयंसेवक परिचालीत भएको छ ।
दंगिशरण १ बाँकीमा ६० घर डुवानमा रहेको हाल मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भईरहेको । शान्तबिर चौधरीको भान्साघर, मणीराम चौधरी घर पुर्ण रुपमा क्षती भएको छ । नेरेसो र नेपाल प्रहरीको टोली खटिएको छ ।
दंगिशरण ५ मा भमके खोलाले ३५ घरमा पानी पसेको १ फिट पानी जमेको अहिले बाढी कम हुदै गएको ।
दंगिशरण २ कलमखोलाको बाढीले ३ घरमा क्षती भएको छ उक्त स्थानमा नेरेसो र प्रहरीको टोली प्रतिकार्यका लागी पुगेको छ । शान्तिनगर गापा वार्ड नंं ६ देबिपुर भन्ने स्थानमा बवई खोलाले ५ घर डुवानमा परेको प्रतिकार्यका लागी स्थानिय प्रहरी र स्थानिय समुदाय परिचालीत भएको, समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको सोही वार्डका वडा अध्यक्षबाट जानकारी भएको ।
दंगिशरण २ मा महारीया ४ वटा घर पुर्णक्षती भएको छ ।
लमही नपा वार्ड नंं ९ मा अमिलिया खोलाको बाढीले १४ घर क्षती भएको र घर भत्केर २ जना च्यापिई घाईते भएको (कर्ण व. डागी र रीता डाँगी) मा स्थानिय प्रहरी र स्थानियहरुको सहयोगमा उद्धार गरीएको घाईते रिता डाँगीलाई उपचारका लागी नेपालगंज लगीएको ।
सोही वार्डको बांगेताल भन्ने स्थानमा टोपेन्द्र डाँगीको घरमा बाढी पसी १७ वटा बाख्रा बगाएको घर पुर्ण रुपमा क्षती भएको तर मानविय क्षती नभएको जानकारी प्राप्त भएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई बिहान १० बजेसम्म सुरक्षित स्थानमा सारीएको छ । खोलाको वहाव कम भएको छ ।
घोराही तुलसीपुर लमही बाढीका कारण सडक अबरुद्ध ।
तुलसीपुर १३ अम्वापुर स्थित अम्बेश्वरी माबि डुवानमा परेको तथा सोही स्थानमा रहेको प्रकाश कार्कीले संचालन गरेको कुखुरा फर्म पुर्ण रुपमा क्षती भएको ।
घोउमना १७ स्थित कटुवा खोलामा आएको बाढी बस्तिमा पस्न गई ८÷१० घर डुवानमा परेको मानविय क्षती नभएको ।
तुपु उमनपा १३ सिमलखुट्टी स्थित अन्दाजी बर्ष ४४/४५ को भगवती सुनारलाई बाख्रा खोज्न जानेक्रममा खोलाले बगाएर बेपत्ता भएकोमा आज बिहान ९ बजे शब फेला पारिएको ।
क्षती प्रभावित परिवारहरुलाई स्थानिय सुरक्षा सुरक्षाकर्मी, रेडक्रस स्वयंसेवक, स्थानिय ब्यक्तिहरुको सहयोागमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भईरहेको ।