बाढीका कारण ७ सय कुखुरा मरे,३ लाख बढिको क्षती

तुलसीपुर,२८ साउन । बाढीका कारण तुलसीपुर ८ मा कुखुरा फार्ममा पानी पस्दा ३ लाख बढी क्षेति पुगेको स्थानीय खगेन्द्र काफलेले बताउनुभएको छ । गएराती देवा भूसालको कुखुरा फारममा पानी पस्दा ७ सय कुखुरा डुबेर मर्नुका साथै दानासमेत भिजेर नष्ट भएको पिडितले बताउनुभयो ।

त्यस्तैगरी वडा नं. ८ दुधेना स्थित नोखीराम केसीको पनि गोठ भत्किएको छ । उता दंगीशरण गाउपालिका वडा नम्बर १ मा ४३ घरगोठ भत्कीएको प्रहरीले बताएको छ । त्यसैगरी लमही नगरपालिका ९ रिहारमा १३ घरमा क्षेतिपुगेको छ । जसमध्य १० घरमा पूर्णरुपमा क्षेति भएका छन । त्यसैगरी अमिलियामा २७ वटा बाख्रा र ४ वटा गाई मरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७४ साउन २८ गते शनिवार
प्रतिक्रिया