मन्दिरमा फोहर खोज्दै नेपाली सेना

तुलसीपुर, २७ साउन / नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तुलसीपुर ८ दुधेनामा रहेको कृष्णमन्दिर परिसर सरसफाई गरेको छ । कृष्णजनमाष्टमीको पूर्वसन्ध्यामा करिब २२ कठ्ठा क्षेत्रफल रहेको मन्दिर परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा सरसफाई गरिएको कृष्णमन्दिर व्यवस्थापन समितिका सचिव जितबहादुर खड्काले जानकारी दिनुभयो । मन्दिर हाताभित्र झाडीसफाई, खाल्डाखुल्डी पूर्ने र यत्रतत्र फयाँकिएका चाउचाउ,विस्कुट, चक्लेट तथा सूर्ति जन्य वस्तुका खोल टिपेर नष्ट गरिएको थियो ।
‘मन्दिरको गेट देखि भित्र सम्म साह्रै फोहर रहेछ ’– नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका जर्नेल तथा प्रखुम विनोद पाण्डेले भन्नुभयो– ‘जथाभावी फालीएका ढुङ्गा, इट्टालाई पनि एकत्रित गर्नुका साथै मन्दिर वरपर पलाएको दूबो र घाँससमेत काटेर सफा बनायौं ।’

सरसफाई अभियानमा नेपाली सेनाका को तर्फबाट एक सय ३० जना, सशस्त्रबाट १८ र स्थानीय २० जना सहित एक सय ६८ जनाको सहभागिता रहेको थियो । प्रत्येक बर्ष कृष्णजन्माष्टमी र शिवरात्रीमा ठूलो मेला लाग्ने मन्दिरमा सेनाले बर्षेनी सरसफाईमा सहयोग पु¥याउदै आएको नेपाली सेनाका मेजर तिलक केसीले जानकारी दिनुभयो । ‘डढेलो नियन्त्रण, दैविकप्रकोप, बाढीपहिरो, सरसफाई जस्ता हरेक सामाजिक काममा हामीले सहयोग पु¥याउदै आएका छौ खबर हुनुप¥यो’ मेजेर केसीले भन्नुभयो ।

 

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया