नागरीकता बनाउन आज देखि घुम्ती शिविर सञ्चालन

तुलसीपुर,२७ साउन । दाङका दुई स्थानमा नागरिकता बनाउनका लागि घुम्ती शिविर हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा नागरिकता बनाउन दुई स्थानमा घुम्ती शिविर हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङले शान्तिनगर र गढवामा नागरिकता बनााउनका लागि तीन दिने घुम्ती शिविरको आयोजना गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

नागरिकता बनाउनका लागि आज साउन २७ गतेदेखि ३० गतेसम्म घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । वबई,शान्तिनगर र दंगीशरण गाउँपालिकाको लागि शान्तिनगर ४ खैरेनीमा रहेको वडा कार्यालय र राप्ती, गढवा र राजपुरका लागि गढवामा रहेको इलाका बन कार्यालय गढवाबाट नागरिकता नागरिकता बनाइने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया