तुलसीपुर उपमहानगरबाट अरु सरकारी कार्यालयले पनि सेवा सुरु गर्दै

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २७ साउन । तुलसीपुर उपमहानगरपालिकाको मातहतमा अन्य सातवटा सरकारी कार्यालयले सेवा सुरु गर्ने तयारीमा रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा विभिन्न विषयका कार्यालय स्थापना गरी सेवा सन्चालनको तयारीमा छन् । शिक्षा,स्वास्थ्य,कृषि,वन,भेटनरी,घरेलु र महिला तथा वालवालिका कार्यालयले यस्तो तयारी गरेका हुन् ।

यस अघि तुलसीपुर क्षेत्रका तथा पश्चिम दाङका वासीहरु जिल्ला सदरमुकाम घोराही जानुपर्ने बाध्यता रहदै आएको थियो । जिल्लामा हुने अधिकांस कामहरु अव तुलसीपुरबाट सेवा दिनका लागी कतिपय कार्यालयको कर्मचारी व्यवस्थापन गरी सेवा सरु गरीएको कार्यालयका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनु भयो । कार्यकारी अधिकृत केसीका अनुसार जनस्वास्थ्य कार्यालय ,भेटनरी ,कृषि र महिला तथा वालवालिका कार्यालयका कर्मचारी तोकीएको छ भने अन्य केहि कार्यालयको पनि कर्मचारी व्यवस्थापन गर्ने तयारी भईरहेको छ ।

तर उपमहानगरपालिकामा प्रर्याप्त कार्यालय नहुदा व्यवस्थापन गर्न केहि ढिलाई भएको कार्यालयले बताएको छ । साउन १ गते देखी सवै कार्यालयको सेवा तुलसीपुरबाट दिने भन्दै जन स्वास्थ्य शाखा तुलसीपुरका लागी डा.गोविन्द दाहाल सहित सिनेर अहेवहरु विष्णु गिरी,विष्णु पोख्रेल,बसन्त आचार्य गरी चार जना कर्मचारी खटाइएको छ ।

त्यस्तैगरी महिला तथा वालवालिका कार्यालयका लागी मोति विश्वकर्मा,भेटनरीका लागी सुधाम भट्ट,कृषिका लागी चन्द्रिका घर्तिलाई खटाइने छ । त्यस्तैगरी कृषि ,शिक्षा र वनका लागी उपसचिव पदका कर्मचारी खटाउने तयारी भईरहेको कार्यकारी अधिकृत केसीले बताउनु भएको छ ।।

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया