ब्यापारी श्रेष्ठ र घर्तिको हत्याका आरोपिहरु कारागार चलान

मिना बुढाथोकि,सल्यान २६ साउन । दाङका व्यापारी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरण पश्चातहत्या गरेको अभियोगमा पक्राउ परेका ११ जनालाई आज कारागार चलान गरिएको छ ।

अपहरण पश्चात हत्यामा संलग्न आरोपमा तुल्सीपुर उपमहानगरपालिका –१२ का २५ वर्षीय अविरल महतारा, घोराही उपमहानगरपालिका –४ का ४० वर्षीय रमेश भनिने मनबहादुर पुन , घोराही उपमहानगरपालिका –१४ का ३८ बर्षीया जमा पुन, तुल्सीपुर उपमहानगरपालिका –६ का २३ वर्षीय रुगत थापामगर त्यसैगरी तुल्सीपुर उपमहानगरपालिका –८ का २८ वर्षीय भुपेन्द्र भण्डारी , दंगीशरण गाउपालिका –५ का ३८ वर्षीय मानबहादुर भण्डारी, तुल्सीपुर उपमहानगरपालिका –६ का १९ वर्षीया पुजा घर्तीमगर, तुल्सीपुर उपमहानगरपालिका –८ का ३४ वर्षीय टिकाराम घर्ती मगर,तुलसीपुर उपमहानगरपालिका –९का ४० वर्षीय नारायण वली,कोर्चाबागं –१ दांग का ४० वर्षीय विरे घर्ती र तुल्सीपुर उपमहानगरपालिका –११ का ३४ वर्षीय खुमबहादुर केसी लाई जिल्ला अदालत सल्यानले पुर्वपक्षकालागि थुनामा राख्न आदेश दिएको हो ।

राजकुमार श्रेष्ठ संगै दागंका रण बहादुर घर्तीको हत्यामा संल्गन रहेको भन्दै प्रहरीले अभियुक्तहरुलाई छुट्टा छुट्टै स्थानबाट छुट्टा छुट्टै मितिमा पक्राउ गरेको थियो । दाङको तुलसीपुरबाट जेठ २६ गते साँझ निकै नाटकीय रुपमा अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव २१ दिनपछि असार १६ गते सल्यान छत्रेश्वरी गाउँपालिका– ४, झिम्पेको लेक भञ्ज्याङस्थित जंगलमा फेला परेको थियो ।

प्रकाशित मिति : २०७४ साउन २६ गते बिहिवार
प्रतिक्रिया