मिना बुढाथोकी,सल्यान २६ साउन । जिल्लामा विद्युत अनियमितता भई रहेको बेला जिल्ला स्थित सरोकार वालाहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । हेड नेटवर्क सल्यानको अगुवाईमा जिल्ला स्थित संचारकर्मी,मानवअधिकारकर्मी, तथा संघसंस्थाका प्रतिनिधिको सहभागितामा विद्युत प्राधिकरण सल्यानमा गई विद्युत अनियमितता बारे छलफल गरेको छ ।
विगत केही महिना देखी कुनै जानकारी बिनानै विद्युत अनियमित हुन थालेपछि बुधवार सरोकारवालाहरुले विद्युत प्राधिकरण मा गई जानकारी लिएका हुन ।
यसैबिच जिल्ला विद्युत प्राधिकरण कार्यालय सल्यान भने यतिबेला प्रमुख बिहिन बनेको छ ।
विद्युत अनियमितता बारे बुझन गएको टोलीले अनियमितताको कारण बारे जानकारी लिन खोज्दा अस्पष्ट रुपमा जवाफ दिदै कार्यालयका एक कर्मचारी राम बहादुर शाहले हाकिम न भएको र निमित्त पनि कसैलाई न दिएकोले यस विषयमा हाकिम आएपछि मात्र सबै कुरा टुगो लाग्ने बताउनु भयो ।
उहाले भन्नु भयो ३३ केभी प्रशारण लाईनको काम चली रहेका ले विद्युत काट्नु परेको छ । काम सम्पन्न हुन अझै करिब दुई महिना जति लाग्ने र त्यसपछि मात्र विद्युत नियमित हुन सक्ने बताउनु भएको छ ।
यस्तै आन्तरिक लोडसेडिगबाट पिडित सल्यानका सेवाग्राहीले विद्युतमा फोन गरेर बुभ्mन खोज्दा फोन पनि नउठ्ने आरोप समेत खेप्दै आई रहेको कार्यालयमा आज सरोकारवालाले किन यस्तो भनी सोधेको प्रश्नको जवाफ दिदै उहाले कार्यालयमा सुचना अधिकारी पनि न तोकेको बताउनु भयो । तर पनि फोन उठ्ने गरेको सफाई दिनु भएको थियो ।
केही महिना अघि देखी विद्युत अनियमित भएपछि जिल्ला स्थित संचारमाध्ययम ,कार्यालय ,उद्योग,र ग्रामीण क्षेत्र बाट सदरमुकाम आएका सर्वसाधारण निकै मारमा परेका छन । यस्तै विद्यार्थीहरु लाई पनि विद्युत अनियमित हुदा प्रत्यक्ष असर पुर्याएको छ ।