जीवन नेपाली, बंगलाचुली २३ साउन ।भौतिक,आर्थिक र मानवीय विकास भएमात्र बंगलाचुली गाउँपालिका को विकास हुने सोमबार आयोजीत एक कार्यक्रमका सहभागीहरुले निश्कर्ष निकालेका छन् । गाउँपालीका को समग्र विकासका लागि सुझाव संकलन विषयक कार्यक्रम का सहभागी बक्ताहरुले उक्त निश्कर्ष निकालेका हुन् ।
साथै बक्ताहरुले माथिल्लो निकायबाट स्थानीय सरकारलाई पूर्ण अधिकार अहिले सम्म दिन नसेको भन्दै स्थानीयनितह अधिकार सम्पन्न बन्ने कुरामा शंका उब्जीएको बताएका थिए । स्थानीय सरकारले कुनै पनि कामकाज गर्नका लागि एथेष्ट अधिकार नपाएको भन्दै कर्मचारी तथा जनप्रतिनीधिहरुलाई कामकाजमा समस्या उत्पन्न भएको गुनासो गरेका छन् । गाउँपालीका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बक्ताहरुले असल शंस्कारको विकास गर्दै जनमुखी कामहरु गर्न कार्यक्रममका सहभागीहरुले जनप्रतिनीधीहरुलाई सुझाव दिएका थिए ।
साथै कार्यक्रममा भौतिक पूवार्धारको विकास संगै शिक्षा,स्वाथ्य,कृषि,पर्यटन, होमस्टे लगाएतलाई व्यवसायीमुखी बनाई प्रत्येक बस्ती –बस्तीमा लागु गर्नुपर्ने मा जोड दिएका छन् ।
गाउँपालीका का कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले विषय प्रवेश गराउनु भएको कार्यक्रम मा नेपाली कांग्रेसका गाउँपालीका संयोजक जागेश्वर अधिकारी, नेकपा एमालेका हेमराज बांठा, नेकपा माओबादीका जिल्ला सदस्य चुरामणी नेपाली, नेपाल कम्युनिष्ट पार्टिका भीम बहादुर राना, महेन्द्र मावीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुष्पराज भण्डारी, मावी जवरकोटका प्रअ दीपबहादुर वली लगाएतले आआफ्नो विचार ,सुझाव तथा जिज्ञांसा राख्नु भएको थियो ।
कार्यक्रममा उठेका विभन्न जीज्ञांसाको बारेमा बोल्दै गाउँपालीका अध्यक्ष भक्त बहादुर वलीले देशकै नमुना गाउँपालीका बनाउनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाँले आफुले मात्र चाहाँदैमा कुनै चमत्कार नहुने भन्दै सबैबाट सहयोग को अपेक्षा समेत जाहेर गर्नु भयो ।
कार्यक्रममा गाउँपालीका का ८ वटै वडाका वडा अध्यक्ष , गाउँ कार्यपालीका सदस्य, शिक्षक तथा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनीधी, राजनीतिक दलका प्रतिनीधि , पत्रकार, कर्मचारी लगाएतका सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा नम्वर चारका सचिव होमलाल भुसालले गर्नु भएको थियो ।