इमान्दारीता र पारदर्शीताले मात्रै तुलसीपुर नमुना बन्ने : प्रमुख पाण्डे

तुलसीपुर २३ साउन । तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले इमान्दारीता र पारदर्शीताले मात्रै तुलसीपुर उपमहानगरपालिका नमुना नगरपालिका बन्ने बताउनुभएको छ । नगरसभाको पूर्वसध्यामा उपमहानगरपालिकाले मंगलबार दाङका संचारमाध्यम संग गरेको छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।

‘तुलससीपुरलाई जतिसुकै व्यवस्थीत, स्वच्छ, सफा, सुन्दर, समृद्ध तथा नमुना बनाए पनि त्यहाँ भ्रष्टाचार छ, इमान्दारिता छैन भने त्यसको कुनै अर्थ छैन ‘नगर प्रमुख पाण्डेले भन्नुभयो’ म यो कुरामा सजग छु, नगरपालिकाबाट बर्षीक रुपमा भएका कार्यसम्पादनलार्इृ तीन चरणमा जनलेखापरिक्षण र सार्वजनिक सुनुवाई गरेर पारदर्शिता कायम गराउने छु ।’

कार्यक्रममा पाण्डेले संचार क्षेत्रबाट आएका सुझावहरुलाई सम्बोधन गर्न कार्यान्वयनको प्रकृयामा जाने बताउदै पदभार ग्रहण गरेको एक सय दिनभित्र जनतालाई अनुभूति हुने गरि काम गरेर देखाउने प्रतिवद्धता दोहरयाउनुभयो । संचारमाध्यमका प्रतिनीधिले पत्रकारहरुको क्षेमता र सिपको विकासका लागि नगरपालिकाले ध्यानु दिनुपर्नेमा जोडदिएका थिए ।

उहाँले नमुना बर्षपार्क, टगरीगाउँ विमानस्थलमा हवाईजहाँज संचालन, तुलसीपुर घोराही सडकमा मनोरेल संचालनको सम्भाव्यता अध्यन लगाएतका कामहरु अहिले द्रुतगतिमा अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख माया आचार्य, कार्यकारी अधिकृत टोपेन्द्र केसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मी, अकोरावका केन्द्रिय सदस्य शुक्रराज भण्डारी, प्रेस चौतारी दाङका उपाध्यक्ष संगित बस्याल, सूचना अधिकारी झरेन्द्र खरेल, राप्ती समाचार पत्रीकाका प्रकाशक तेजबहादुर कार्की, रेडियो संजिवनीका स्टेशन म्यानेजर सरद रेग्मी लगाएतले आआफना धाराना राखेका थिए । तुलसीपुर उप महानगरपालिकाको नगरसभा भदौ २५ गते हुँदै छ ।

प्रकाशित मिति : २०७४ साउन २३ गते सोमवार
प्रतिक्रिया