ओपेन्द्र बस्नेत,तुलसीपुर २३ साउन । जिल्ला प्रशासन कार्यालय दाङले विचौलियाको काम (लेखनदास) गर्दै आएका ६ जनालाई कार्यालय परिसर बाहिर निकालेको छ । झण्डै १५ बर्ष देखि विचौलियाको काम गर्दै आएका उनीहरुले नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावित पारेको भन्दै निकालेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयबाट सम्पादन हुने कार्यमा विचौलियाबाट अनियमित कार्य भएको भन्ने जनगुनासो प्राप्त भएकाले कुनै पनि सेवाग्राहीलाई साथमा लिएर आउने विचौलियालाई कार्यालयको मुलगेटबाट भित्र प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बतउनुभयो । अटेर गरि भित्र प्रवेश गरेमा कानुन अनुसार कार्वाही गर्ने जिल्ला प्रशासनले चेतावनी दिएको छ ।
कार्याललयले मुलगेटमा सार्वजनिक सूचना टाँस गरेर प्रवेशमा रोक लगाएको जानकारी गराएको छ । ‘सोझासिधा मान्छेलाई फकाएर म छिटो काम गर्छु भन्दै ४ वटा शब्द लेखेर एक सय देखि पाँच सय रुपैयाँ सम्म लिने गरेको गुनासो आयो,’ –प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो’ लाइनमा लागेका फाइलाई समेत तलमाथी पारेर आफनो काम छिटो गर्ने गरेका रहेछन त्यसैले हटायौं ।’
उहाँका अनुसार विचौलीयाले भित्र प्रवेश गरेर ढड्डा पल्टाउने आफनो काम छिटो गर्ने र जनताको काम पछाडि पार्ने गरेका थिए । ‘सिडियोले रोजीरोटी खोस्यो भनेर नलेख्नुहोला म आएको एक महिना मात्रैभयो एक रुपैयाँ नलाग्ने काममा सर्यौ रुपैया विचौलियाले लिएको गुनासो मकहाँ आइपुग्यो, रोक्नु त प¥योनि ? न्यायदिने प्रशासनको परिसरभित्रै खुलेआम लुटिनु त्योत राम्रो भएन’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ।
यसैगरी आइतबार सेवाग्राहीलाई बोलाएर प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सेवाको बारेमा जानकारी लिनुभएको छ । नागरिता बनाएर बाहिरीदै गरेका घोराही उपमहानगरपालिका निबासी राज पोख्रेललाई आफनै कार्यकक्षमा बोलाएर उहाँले सेवाकोबारेमा सोध्नुभएको हो ।
सम्वाद
प्रमुख जिल्ला अधिकारी : भाई तिम्रो नाम केहो ?
सेवाग्राही : राज पोख्रेल,
प्रमुख जिल्ला अधिकारी : नागरीता बनाएको कति पैसा लाग्यो ?
सेवाग्राही : लागेन सर
प्रमुख जिल्ला अधिकारी : नढाँट है ?
सेवाग्राही : ढाँटेको होइन सर
प्रमुख जिल्ला अधिकारी : ल जऊ
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आइतबार मात्रै १३ जना सेवाग्राहीलाई आफनो कार्यकक्षमा बोलाएर सेवाका बारेमा जानकारी लिनुभएको हो । यो सुधारको सुरुवात भएको भन्दै उहाँले नागरिकलाई सेवादिने कुरामा आफु सधै उत्तरदायी बन्ने बताउनुभयो ।