लक्ष्मण विश्वकर्मा,तुलसीपुर २३ साउन । यातायात व्यवस्था कार्यालय राप्तीले स्मार्ट लाईसेन्स दिन थालेको छ । कार्यालयले आईतवार देखी लाईसेन्स नविकरण तथा प्रतिलिपिलाई स्मार्ट लाईसेन्स मार्फत कार्ड दिने व्यवस्था गर्न लागेको हो ।
कार्यालयका प्रमुख अच्युत दाहालले दिएको जानकारी अनुसार जसको सवारी चालक अनुमति पत्र लाईसेन्सको नविकरण गर्ने वा हराएको प्रतिलिपि बनाउनेहरुको स्मार्ट लाईसेन्स मार्फत काम गर्न थालिएको छ । राप्तीमा यस्तो व्यवस्था पहिलो पटक गर्न लागीएको हो ।
नयाँ लाईसेन्स भएकाहरुलाई भने यो सुविधा नभएको प्रमुख दाहालले बताउनु भएको छ । पुराना लाईसेन्स जसको नविकरण गर्ने भएको छ वा कसैको लाईसेन्स हराएको छ भने त्यस्ता सेवाग्राहीलाई स्मार्ट लाईसेन्स दिन लागेको प्रमुख दाहालले बताउनु भएको छ ।
प्रकाशित मिति : २०७४ साउन २३ गते सोमवार