बबई नदीमा पानीको बहाव बढ्दै , स्थानीयलाई ठाउँ खाली गर्न आग्रह

तुलसीपुर , २० साउन । ठूलो वर्षासँगै बबई नदीमा पानीको बहाव बढेको छ । यस बर्षकै ठुलो बबई आएका स्थानीयहरुले बताएका छन । यस्तै तुलसीपुर १२ स्थित शितलपुरको पुलमा पानीको बहाव बढेको देखिएको छ । पानीको बहाव बढेपछि बबई वरपरका बासिन्दाहरुमा २०७१ मा आएको बाढिको झल्को दिएको छ ।

त्यो बर्ष साउनको अन्त्यमा आएको बाढिले मोतिपुर र फुलवारीमा घर बगाउनुका साथै मानविय क्षती समेत भएको थियो । पानीको बहाव अझै बढ्ने देखिएको छ । यस्तै चेपाङ र भादा पुल दुवै केन्द्रमा पानीको बहावले चेतावनीको तह पार गरेको छ । बाढीको खतरा बढेकाले बबई नदी जलाधारको तराईको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
पानी पर्ने क्रम जारी रहेकाले बहाव अझै बढीरहेको छ । बाढी पूर्वानुमान शाखाले शुक्रबार बेलुकासम्मका लागि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । डुबान भइरहेकाले होचो भूभागहरुमा अर्को सूचना नआउँदासम्म तत्काल खाली गर्न र नजिकका सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सर्तकता तह बबई नदी चेपाङ केन्द्रमा ५ दशमलव ७१ मिटर रहेको छ । भादा पुलममा ७ दशमलव २९ रहेको छ । चेपाङ केन्द्रमा खतरा तह ५ दशमलव ५ मिटर र भादा पुलमा खतरा तह ७ मिटर हो ।

 

फोटो : शुसिल गिरीबाट

प्रकाशित मिति : २०७४ साउन २० गते शुक्रवार
प्रतिक्रिया