तुलसीपुरमा एक हजार दलित बालवालीकाले पोषण भत्ता बुझ्दै,मासिक चार सयका दरले वितरण गरीने

बसन्त परियार, तुलसीपुर १९ साउन । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका दलित बालबालिकाहरुलाई पोषण भत्ता वितरण गरिने भएको छ । साविकका २० वटै वडामा रहेका पाच बर्ष मुनिका बाल बालिकाहरुलाई पोषण भत्ता वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ता शाखाले जानकारी दिएको छ । आर्थिक वर्ष २०७३।०७४ को पोषण भत्ता १ हजार १ सय ५५ जना दलित बालबालिकाले पाउने शाखाका सहायक केशवराज डाँगीले जानकारी दिनुभएको छ ।

वडा कार्यालयबाट परिचयपत्र बनाईसकेका उक्त बालवालिकाका लागि ४७ लाख ९ हजार ४ सय रुपैंया वितरण गर्न लागिएको डाँगीले जानकारी दिनुभएको छ । उहाका अनुसार साउन महिनाको अन्त्य सम्ममा भत्ता वितरण गरी सक्ने तयारी छ । प्रत्येक वडाबाट परिचय पत्रको आधारमा भत्ता वितरण गर्नेगरी तयारी भइरहेको छ । पाँच बर्ष मुनिका दलित बालबालिकाले वडा कार्यालयबाट परिचयपत्र बनाईसकेपछि मात्रै पोषण भत्ता पाइने गर्दछ ।

पाँच बर्ष मुनिका दलित बाल बालिकालाई पोषणयूक्त खानामा सहयोग मिलोस भनेर गत बर्ष देखी मासिक चार सयका दरले बार्षिक रुपमा चार हजार आठ सय रुपैया प्रदान गरिने भएको छ । यस अघि मासिक दुई सयका दरले बार्षिक दुई हजार चार सय बुझ्दैं आएका थिए ।

यसै विच सबैं भन्दा बढि साविकको वडा नम्बर ५ मा १ सय ६१ जना दलित वालवाकिाले भत्ता लिदै छन । त्यसै गरी वडा नम्बर १३ मा भत्ता लिने कुनैं बालवालिका रहेका छैंनन् । यस्तै वडा नम्बर १ मा १५ जना , २ मा ६५ जना , ३ मा २६ जना , ४ मा ९४ जना , ६ मा १ सय ३० जना , ७ मा ३२ जना , ८ मा ५५ जना , ९ मा १ सय ८ जना र १० मा १ सय १७ जना दलित बालबालिका रहेका छन ।

त्यस्तै साविकको वडा नम्बर ११ मा ३३ जना , १२ मा ५० जना , १४ मा १८ जना , १५ मा ४९ जना , १६ मा ३६ जना , १७ मा ३४ जना , १८ मा ४३ जना , १९ मा ६८ जना र २० मा २१ जना दलित बालबालिका रहेका छन ।।

प्रकाशित मिति : २०७४ साउन १९ गते बिहिवार
प्रतिक्रिया