पोखरीमा डुबेर दाङमा एक किशोरीको मृत्यु


तुलसीपुर,१५ साउन । पोखरीमा डुबेर दाङमा एक किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका – १६ बाहुनडाँडा निवासी बर्ष १७ कि प्रमिला केसीको हिजो पोखरीमा डुबेर मृत्यु भएको हो ।

जनकपुर टोल नजिकै च्याउ खोज्न गएको समयमा पोखरीमा नुहाउन थालेको र पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । केसीको शव झण्डै दुई घण्टा पछि फेला परेको थियो । शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा लगिएको छ ।

फोटो : विजय भुसालको फेसबुकबाट

प्रकाशित मिति : २०७४ साउन १५ गते आइतवार
प्रतिक्रिया