ओपेन्द्र बस्नेत,तुलसीपुर १२ साउन । सरकारी जग्गामा अतिक्रमण गरेर व्यत्तिले घर ठड्याएको राप्ती अञ्चल अस्पताल प्रशासनले बताएको छ । घरटहरा हटाउन विभिन्न सार्वजनिक सूचना मार्फत बारम्बार आग्रह गरेपनि अतिक्रणकारीले वेवास्ता गरेको राप्तीअञ्चल अस्पताल तुलसीपुरले बतायो ।
अस्पतालका शुब्बा नबेन्द्र गिरीका अनुसार अस्पतालको डेढ विघाह क्षेत्रफलमा ३३ वटा घर टहरा निर्माण गरेर स्थानीयहरु बर्षौ देखि बस्दै आएका छन् । उत्तर र दक्षिण क्षेत्रमा जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, अधिकांस पक्की छन् । अस्पतालका अनुसार उत्तर तर्फ इलाका प्रहरी कार्यालयको छेउँमा रहेको डेढ विघाहमा २८ र अस्पतालको दक्षिण तर्फ एक कठ्ठा एक धुर क्षेत्रफल जग्गामा ५ वटा घर निर्माण गरिएको छ ।
अतिक्रमण सहित अस्पतालको कूल ६ विघाह १३ कठ्ठा जग्गा छ । घर टहरा हटाउन अस्पतालले २०७३ साउन १ गते पहिलो पटक ९० दिने सूचना जारी गरेको थियो भने त्यसको तीन महिना पछि, पुनः २०७३ कातिक ७ गते सार्वजनिक सूचना जारी गरेको थियो । अस्पतालको कित्ता नं. ७८,८५ र २६८४को जग्गाभित्र बनेका घरटहरा सूचना प्रकाशन भएको मितिले ६० दिनभित्र हटाउन दोस्रो पटक आग्रह गरेको अस्पतालले यदि अटेरी गरेमा कानुन बमोजीम जग्गा खाली गराउन अस्पताल बाध्य हुने भन्दै चेतावनी स्वरुप सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यो सूचनालाई पनि उनिहरुले सहजै पचाई दिएपछि अस्पताल पुनः अन्तिम पटक एक महिने सूचना सार्वजनिक गर्ने तयारीमा छ । ‘धेरै पटक आग्रह ग¥यौं, घर घरमा गएर पनि सूचना टाँस्यौं कुनै उपाय लागेन, ‘सुब्बा गिरीले भन्नुभयो’, अब एक महिने सूचना निकाल्ने तयारीमा छौ यसलाई पनि अटेरी गरेमा प्रशासनको सहयोगमा डोजर लगाएर भत्काउछौं ।’
जग्गा अधिग्रहन गर्नेहरुले विकल्प सहित व्यवस्थापन नभए घर नछोड्ने बताएको स्वंम अस्पताले बताएको छ ।
जग्गा खालीगराउन ६ महिनाको समय दिएको अस्पतालले ५ महिना विताई सकेको छ । यता अस्पताल विकास समितिका अध्यक्ष विष्णुकमार देवकोटाले केहि समय पछि बैठक बसेर प्रकृया अघि बढाउने बताउनु भयो ।
‘स्थानीय तह गठन र प्रशासनको पर्खाइमा बसेका थियौं अव जनप्रतिनीधिहरु पनि आइसक्नु भएको छ, अध्यक्ष देवकोटाले भन्नुभयो अव एक महिने सूचना सार्वजनिक गरेर कानुले जे भन्छ त्यही अनुसार अघि बढ्छौ ।’ सरकारी जग्गामा व्यक्तिले घर हालेर बस्ने व्यवस्था कानुनमा नभएकाले जग्गा खाली गराउन कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।