पाँच थान भरुवा बन्दुक बरामद

तुलसीपुर,११ साउन । प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चङ्गुवा दाङबाट प्रहरी सहायक निरीक्षक नर बहादुर खडकाको कमाण्डमा गस्ती गएको अवस्थामा राजपुर गाउपालिका वडा नं ७ भित्री सिक्टा जाने बाटोको जंगलमा पुग्दा बन्दुक बरामद गरीएको निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

उक्त गस्तीको प्रहरी टोलीले ६ । ७ जना अज्ञात व्यक्तिहरुले हातमा १ नाले भरुवा बन्दुक बोकी जंगल तर्फ हिडिरहेको देखी पक्राउ गर्न खोज्दा निजहरुले हातमा बोकेको भरुवा बन्दुक उक्त जंगलमा छोडी भाग्न सफल भएका थिए ।

घट्नास्थलको वरीपरी खानतलासी गर्दा केप सहित लोड गरिएको १ नाले भरुवा बन्दुक नाल ५ थान, काटिएको लत्ताको टुक्रा थान ५, कपडाको थैली थान १, बारुद भएको प्लाष्टिकको बट्टा थान २, बारुद भएको आल्मुनियमको बट्टा थान १, सलाईको बट्टा थान ७, ३८ वटा छर्रा भएको कपडाको पोको थान १ लगायतका अवैध बस्तुहरु फेला पारी बरामद गरेको हो ।

साथै उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको तिवारीले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : २०७४ साउन ११ गते बुधवार
प्रतिक्रिया