तुलसीपुर,१० साउन । तुलसीपुर नगरविकास समितिका नवनियुक्त अध्यक्ष यज्ञ वहादुर के.सी.ले आज एक कार्यक्रमका विच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै तुलसीपुरको एक मात्र खेल मैदान अरनिको मैदानमा प्याराफिट निर्माण गर्ने उहाले वताए । उनले अतिक्रमण भएका जग्गाहरु एथासक्य छिटो कानूनी प्राव्धान अनुसार फिर्ता गर्न आफूले पहल गर्ने समेत वताए ।
त्यसै गरी तुलसीपुरमा खेलकुद क्षेत्रको विकासका लागि कवड हल निर्माण , ३५ विगाह क्षेत्रफल भएको समितिको स्वामित्वमा रहेको दोघरे स्थित जग्गा विकास कार्यमा भौतिक पूर्वाधार निर्माण र अन्य व्यवस्थापन का कामहरुलाई अगाडी वढाउने भन्दै अध्यक्ष के.सी.ले कार्य योजना तय गरेका छन् ।
भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको पदभार ग्रहण कार्यक्रममा वोल्ने वक्ताहरुले तुलसीपुरलाई सुरक्षित र समृद्ध वनाउन सबै मिलेर अगाडी वढ्नु पर्ने वताएका छन् । उनीहरुले तुलसीपुरलाई सफा र पर्यटकिय शहर वनाउनका लागि नगरविकास समितिले भुमिका खेल्नु पर्ने वताएका छन् ।
कार्यक्रममा १९ नम्बर वाहिनीका वाहिनी पति विनोद पाण्डे , तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल , राप्ती वस समितिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर खानेपानी सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफान वावु श्रेष्ठ,नगरविकास समितिका निवर्तमान अध्यक्ष राजन खड्का, पत्रकार नारायणी रजौरे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सहजिरकण रीर्पोटस क्लवका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।