सल्यानका १० वटा स्थानिय तहमा कर्मचारी खटाईयो

मिना बुढाथोकी, सल्यान, ९ साउन / सल्यानका १० वटा स्थानिय तहमा कर्मचारीहरु खटाईएको छ । बैशाख ३१ गते सम्पन्न भएको स्थानिय निबार्चन बाट स्थानिय तहमा जन प्रतिनिधिहरु आईसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १ सय ८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

कार्यलयका अनुसार जिल्ला कृषि विकास कार्यालय बाट ४४ जना, जिल्ला समन्वयन समिति बाट ३७ जना, पशुसेवा कार्यलय बाट ३७ जना, जिल्ला शिक्षा कार्यलय बाट २५ जना, महिला तथा बालबालिका कार्यलय बाट १२ जना खटाईएको छ ।

त्यसैगरी जिल्ला प्राबिधिक कार्यलयलय बाट ६ जना, जिल्ला बन कार्यलयबाट ६ जना, खानेपानि तथा सरसफाई डिभिजन कार्यलय बाट ५ जना, जिल्ला आर्यूबेदिक स्वास्थ्य केन्द्र बाट ४, जिल्ला युबा समितिको कार्यलय बाट ३ र जिल्ला भुसंरक्षण कार्यलयबाट २ जना गरी १ सय ८१ जना कर्माचारी स्थानीय तहमा पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक बाट स्थानीय तहमा हाल सदरमुकाममा रहेका विषयगत सरकारी कार्यालय बाट गाउँस्तरमा कर्मचारी खटिए सँगै स्थानीयले संघियता लागु भएको तथा गाउँस्तरमै सिंह दरवारको सेवा गाउँमै प्राप्त गर्ने महसुस हुने उहाले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७४ साउन ९ गते सोमवार
प्रतिक्रिया