तुलसीपुर,८ साउन । इलाका प्रहरी कार्यालय तुलसीपुरले करिब एक हजार लिटर मदिरा नष्ट गरेको छ ।
तुलसीपुर ६ बरुवागाऊँमा मदिरा उत्पादन र बिक्रि गरिएको सूचना पाएपछी छापा हानेको थियो ।
प्रहरीले ७ सय ८० लिटर जाँड, १ सय लिटर रक्सी र घरेलु मदिरा उत्पादन गर्ने सामग्री बरामद गरि नष्ट गरेकोे प्रहरीले जनाएको छ । प्रहरीले तुलसीपुरमा घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७४ साउन ८ गते आइतवार