पवननगरको एक घरमा आगलागी, पाँच लाख बराबरको धनमाल नष्ट

तुलसीपुर,७ साउन । घरमा आगलागी हुदा तुलसीपुरमा पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । तुलसीपुर उप महानगरपालिका २ पवननगर निबासी भिमबहादुर योगीको घरमा विद्युत सर्ट भएर शनिबार दिउसो आगलागी हुदाँ घरमा रहेको अन्नपात, लत्ताकपडा, धनमाल, काठपात जलेर नष्ट भएको पिडित परिवारले जनाएको छ ।

आगोलाई तुलसीपुर उपमहानगरपालिकाको कार्यालयबाट गएको बारुण यन्त्र र स्थानीयको सहयोगमा लिइएको स्थानीय महेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ साउन ७ गते शनिवार
प्रतिक्रिया