प्यूठानमा एक बर्षमा ६२ जोडीले सम्वन्ध विच्छेद गरे

 

प्युठान,७ साउन । प्यूठान जिल्ला अदालतको तथ्याङंक अनुसार यो बर्ष जिल्लामा ६२ जोडीले सम्वन्ध विच्छेद गरेका छन् । आपसी बेमेलको कारण सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराउन आएको जिल्ला अदालत प्यूठानले बताएको छ । जिल्लामा दर्ता भएको २३३ मुद्धा मध्य ८५ ओटा मुद्धा सम्वन्ध विच्छेदको माग गर्दै दर्ता भएको थियो ।

यो मसान्त सम्ममा ६२ ओटा मुद्धाको फैसला भएकोे छ । अधिकांस ३० बर्ष भन्दा मुनिका जोडीले मुद्धा दर्ता गरेको श्रेष्टेदार प्रेम प्रसाद पोडेलले बताएका छन् । उनका अनुसार बच्चा आमाले राख्ने गरी अंश सहित छुट्टिनेको संङ्ख्या धेरै रहेको छ । यो बर्ष जिल्ला अदालतमा ७ ओटा जवरजस्तिकरणी को मुद्धा परेको थियो भने बाकी मुद्धा लेनदेन, अंश बाडफाड लगायतको रहेको पौडेलले जानकारी दिएका छन् ।

स्थानीय तहको चुनावको कारण यो बर्ष गएको चैत्र देखि मुद्धा हेर्न नपाएकोले १७९ मुद्धा मात्रै फैसला गर्न भ्याइएको पौडेले बताएका छन् । अघिल्लो बर्ष भने जम्मा ६६ ओटा मुद्धा मात्रै फैसला गर्न बाकी रहेको थियो । पौडेलको अनुसार गाउँमा मेलमेलाप केन्द्र स्थापना भएपछि पारिवारीक समस्या छरछिमेकिको मुद्धाहरु सके सम्म स्थानियले गाउँघरमै मिलाउने गरेका छन् ।

प्रकाशित मिति : २०७४ साउन ७ गते शनिवार
प्रतिक्रिया