तुलसीपुरलाई शैक्षिक हव बनाउछौं : मेयर पाण्डे

तुलसीपुर,५ साउन । तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई शैक्षिक हव बनाउने बताउनुभएको छ । एनप्याव्सन दाङले आज आयोजना गरेको स्वागत एव सम्मान कार्यक्रममा बोल्दै पाण्डेले तुलसीपुरलाई देशकै नमुनायोग्य शैक्षिक गन्तब्य बनाउने योजना बनाउने बताउनुभयो ।

उहाँले तुलसीपुर उपमहानगर पालिकालाई नमुना बनाउनका लागी सवै क्षेत्र नमुना योग्य हुनु पर्ने भन्दै शैक्षिक क्षेत्रमा समेत नमुना योग्य बनाउने बताउनुभयो । साथै पाण्डेले तुलसीपुरमा पढाई नभएका बिषयहरुको अध्यणका लागी तत्काल पहल गर्ने समेत बताए ।

निकट भविश्यमै ईन्जिीनियरिङ, बन बिज्ञान, कृषि लगाएतका बिषयहरु अध्यणका लागि पहल गरिने बताउनुभयो । कार्यक्रममा निजी बिद्यालयमा अध्यणरत बिद्यार्थिहरुले सोधेको प्रश्नको जवाफ दिदै मेयर पाण्डेले निजी तथा सामुदायीक बिद्यालयका विचमा रहेको बिभेद कम गर्न आफु लागि पर्ने बताउनुभयो । उहाँले निजी बिद्यालयमा पढेकै भरमा छात्रवृति नपाउने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकिको अध्यक्षता एन प्याव्सन दाङका अध्यक्ष सुवोध कुमार डाँगीको बिशिष्ट आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा तुलसीपुर उपमहानगर सहित पश्चिम दाङका गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु लाई सम्मान गरिएको थियो ।

अवसरमा बोल्दै शान्तिनगर गाउपाकिलाका अध्यक्ष कमान सिङ डाँगीले शैक्षिक बिकासका लागि निति बनाएर अगाढि वढने बताउनुभयो । कार्यक्रमको सहजीकरण एन प्याव्सन दाङका सचिव ठाकुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ साउन ५ गते बिहिवार
प्रतिक्रिया