तुलसीपुर, ४ साउन । नेपालमा सामुदायिक रेडियोले निर्वाह गर्दै आएको भुमिका अझै प्रभावकारी हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले अझै पनि दुरदराज तथा ग्रामिण क्षेत्र सम्म सामुदायिक रेडियो पुग्न नसकेको बताएका छन् ।
आज तुलसीपुरमा सम्पन्न भएको विकासका लागी सन्चार साझेदारी विकास कार्यक्रम अन्र्तगत स्थानिय विकास तथा सुसासनमा मिडियाको भुमिका दिगोपना सरोकार समुह विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका थिए । साथै उनीहरुले सामुदायिक रेडियोले हाल सम्म खेलेको भुमिकाको चर्चा गदै दुरदराज नागरिकहरुका आवाजलाई पनि समेटेर लैजानु पर्ने सुझाव राखेका थिए ।
सन्चार माध्यमहरु स्वतन्त्र हुन भन्ने गरे पनि कतिपय सन्चार माध्यमहरुमा त्यसो नपाइएको गुनासो समेत गरेका थिए । आम सन्चारमैत्री हुनु पर्ने बताउदै समाज रुपान्तरणका लागी रेडियोले पछाडी पारिएका समुदाय,महिला,बालवालिका,अपाङग,जातिय छुवाछुत लगाएतका विषयलाई जोडदार उठाउनु पर्ने धारणा राखेका थिए ।
ईक्वेलएक्सेस ईन्टरनेश्लनको सहयोग तथा तुलसीपुर एफएमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पुरा गर्नका लागी दिर्घकालिन योजना बनाएर सन्चार माध्यमहरु संग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।
तुलसीपुर नगरको समृद्धि र नोपलकै नमुना योग्य नगर बनाउनका लागी सन्चार माध्यामको ठुलो भुमिका रहने उहाले बताउनु भएको थियो । नगरको विकास,सामाजिक,आर्थिक,न्यायिक सम्पादन,सुशासन र आत्मीयता कायम गर्नका लागी स्थानिय तह र आम सन्चार माध्याम विच समुधुर सम्बन्ध कायम राख्ने बताउनु भएको थियो ।
सो अवसरमा शान्तीनगर गाउपालिकाका प्रमुख कमानसिंह डाँगी,जनप्रतिनिधि सुरेस श्रेष्ठ,जनमुक्ति पार्टीका लिला पुन,जनजागरण पार्टी नेपालका जिल्ला अध्यक्ष टोप बहादुर महतरा,अधिकारकर्मी निर्मल नेपाली,पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल,रिर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी, राष्टिय समाचार समितिका अन्चल प्रमुख नारायणी रजौरे,तुलसीपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष देव बहादुर केसी लगाएतले वोल्नु भएको थियो ।
ईक्वेलएक्सेस ईन्टरनेश्लनका सन्चार सल्लाहकार विनय गुरागाईले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । सहजिकरण रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरीले गर्नुभएको थियो ।