कुन पार्टीले कुन कुन मन्त्रालय पाउने ?

काठमाडौं,  ४ साउन ।

सत्तासाझेदार प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डामा कुरा मिलेको छ । लामो रस्साकस्सीपछि मंगलबार बेलुका कांग्रेस र माओवादीबिच मन्त्रालय भागबन्डाको कुरा मिलेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अहिले रहेका ३० मन्त्रालयमध्ये कांग्रेसले १३ र माओवदीले ९ मन्त्रालय पाउने गरी सहमति जुटेको हो ।

सहमति अनुसार सत्ताको अर्को घटक लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ । यस्तै राप्रपासहितका साना दललाई सरकारमा सहभागी गराउनका लागि चार मन्त्रालय छुट्याइएको छ भने नेकपा संयुक्तले एउटा मन्त्रालय पाउने भएको छ ।

कुन पार्टीले कुन कुन मन्त्रालय पाउने ?

  • कांग्रेसः अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
  • माओवादी केन्द्रः परराष्ट्र, गृह, शहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपक्षी, कृषि र आपूर्ति
  • लोकतान्त्रिक फोरमः स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार
  • राप्रपालगयत साना दलः शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि
  • नेकपा संयुक्तः वातावरण

फाईल फोटो

प्रकाशित मिति : २०७४ साउन ४ गते बुधवार
प्रतिक्रिया