लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३ साउन । उच्च अदालत तुलसीपुरमा आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न प्रकृतिका दर्ता भएका जम्मा मुद्धा मध्ये ५ सय ५६ वटा अर्थात ५९ .८४ प्रतिशत मुद्धा फच्यौट भएको छ । गत साउन देखी ०७४ असार मसान्त सम्मको तथ्याङक अनुसार कार्यालयमा कुल ९ सय २९ वटा मुद्धा दर्ता भएको थियो ।
कार्यालयका रजिष्टार अच्युत कुईकेलले दिएको जानकारी अनुसार अब ३ सय ७३ वटा अर्थात ४०.१६ प्रतिशत मुद्धा फच्यौट हुन बाँकी रहेको उहाले जानकारी दिनु भएको भएको छ । गत वर्षको तुलनामा यस वर्ष नयाँ मुद्धा दर्ता गर्नेको संख्या घटेको कार्यालयका रजिष्टार कुईकेलले जानकारी दिनु भएको छ ।
गत वर्ष कार्यालयमा ९ सय ७८ वटा मुद्धा दर्ता भएका थिए । कार्यालयले दिएको जानकारी अनुसार व्यक्तिवादी देवानी,सरकारबादी देवानी,व्यक्तिवादी फौजदारी र सरकारवादी फौजदारीका मुद्धा दर्ता भएका छन् ।
कार्यालयमा व्यक्तिवादी देवानी अन्र्तगत पुरानो र नयाँ गरी २ सय ३७ मुद्धा दर्ता भएका थिए । त्यस्तैगरी व्यक्तिवादी फौजदारी अन्र्तगत ९९ वटा मुद्धा,सरकारवादी फौजदारी अन्र्तगत ४ सय ८७ वटा मुद्धा दर्ता भएका थिए ।