सामूहीक बलात्कार काण्ड : मुद्धा मिलाईदिने भन्दै तुलसीपुरका ब्यवसायीले रकम लिएको खुलासा

ओपेन्द्र बस्नेत ,तुलसीपुर ३ साउन । सामूहीक बलात्कार काण्डमा संलग्न अभियुक्तलाई ८ महिना वितिसक्दा समेत प्रहरीले अझै पक्राउ गर्न नसकेको पडित परिवारले जनाएको छ । ‘यति लामो समय वितिसक्यो पिडित निर्मला (नाम परिवर्तन) ले भनिन अहिले सम्म कुनै पनि पक्राउ परेका छैन् जसले गर्र्दा पिडामा झनै पिडा थपिए झै भएको छ ।’  १०÷१५ मिनेटसम्म प्रतिकार गर्दै हातपाउ जोडेपनि अभियुक्तहरुले आफुलाई नछोडेको निर्मलाले बताइन् ।
आफु जान नसके पनि वुवा गएर प्रहरीलाई भन्दा खोजीरहेका छौं भन्ने जवाफ दिने गरेको पिडित निर्मलाले भनिन् । सल्यान घर भएकी उनि दाङमा माइती घर आएको सयममा गत मंसरी १ गते तुलसीपुरको गणेसपुर र्पाकमा सामुहिक बलँत्कारमा परेकी थिइन् । प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गणेशपुरका आकाश विक,बिश्व विक,बिमल विक,जिवन रसाइली र तुलसीपुर ५ का बिशाल श्रेष्ठ विरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

सामुहिक बलात्कारमा परेकी युवतिको ६ आना सुन र ५० हजार नगद समेत लुटेर लगेको प्रहरीले बताएको छ । प्रहरीको सूचिमा अभियुक्त अझै फरार छन् । अभियुक्तहरुलाई प्रहरीले निगरानी गरिदिएमा पक्राउ पर्न सक्ने पिडितको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमृुख डीएसपी लोकनाथ तिम्सिनाले फरारहरुको खोजी भइरहेको र फेला नपरेको बताए ।

फरार पाँचै जना अभियुक्त बिरुद्ध दाङ देउखुरी जिल्ला अदालतले साउन १ गते ७० दिने वारेन्ट जारी गरेको छ । यसैबिच उक्त बलात्कार काण्डको मुद्दा मिलाइदिने भन्दै तुलसीपुरका एक प्रतिष्ठित व्यापारीले पीडक पक्षसँग पैसा लगेको खुल्न आएको छ ।

तुलसीपुरमा मोटर साइकलको शोरुम सञ्चालक रहेका ती व्यापारीले बलात्कारको घटना मिलाइदिने र प्रहरीलाई पनि पैसा दिनुपर्छ भन्दै दुई लाख ५० बजार रुपैंया लगेपनि मिलाउन नसकेको बलात्कारको घटनामा संलग्न एक युवाका अभिभावकले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७४ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया