१८औँ मुक्त कमैया दिवस दाङमा मनाईयो, पुनस्थापना हुन नसक्दा समस्या

घोराही, २ साउन । हरेक वर्ष असार २ गते कमैया मुक्त भएको दिनको संझनामा उनिहरुले दिवस मनाउने गरेका छन् । मुक्ति दिवस मनाइरहे पनि अझै पुनस्थापना हुन नसक्दा भने समस्या नै रहेको उनिहरु बताउँछन् । कमैया मुक्तिपछि हरेक सरकार तथा जिल्लास्तरका राजनीतिक दलहरुले पनि कमैया पुनस्थापनाको आश्वासन दिए पनि अझै थुपै्र कमैया पुनस्थापना हुन नसकेको मुक्त कमैयाहरुको भनाई छ । यसैविच १८ औँ मुक्त कमैया दिवस दाङमा पनि भव्यरुपमा मनाईएको छ ।

दिवशको अवसरमा घोराहीमा ¥याली एवं सभा गरिएको छ । घोराहीको ट्राफिक चोकबाट सुरु भएको ¥यालीमा बालबालिकादेखी वृद्धवृद्धाहरुको सहभागीता रहेको थियो । ¥यालीमा सहभागीहरुले विभिन्न माग लेखीएको प्लेकार्डहरु बोकेका थिए । ट्राफिक चोकबाट सुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्या हुदै कर्मचारी मिलन केन्द्रमा पुगेर कार्यक्रममा परीणत भएको थियो । मुक्तकमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्ष्ता तथा मुक्तकमैया समाजका केन्द्रिय सदस्य सन्तोली चौधरी को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

२०५७ सालमा कमैया मुक्त भए पनि अहिलेसम्म मुक्तकमैयाहरुको पुर्नस्थापना नभएको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । दाङमा ६ हजार ४ सय बहत्तर जना मध्य अहिले सम्म १४ सय २६ जना मुक्त कमैयाहरुले कार्ड प्राप्त गरेका छन् । ७ सय ५ जनाले लालपुर्जा प्राप्त गरेका छन । लालपुर्जा प्राप्त मध्य १७ जनाको हातमा जग्गा विनाको लालपुर्जा रहेको मुक्तकमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनुभएको छ । साथै भुमीसुधार कार्यलयमार्फत २२ सय जनालाई सीप सिकाईएको पनि चौधरीले जानकारी दिनुभएको छ ।

दाङको लालमटिया र सिसँनियामा मुक्त कमैयाको संख्या धेरै रहेको पनि चौधरीले जानकारी दिनुभएको छ । मुक्तकमैयाहरुले नेपाल सरकारले काठ खरिद बाफत दिने भनेको १ लाख रुपैया नभई ३५ क्युफिठ काठ नै उपलब्ध गराउन माग गरेका छन् । मुक्तकमैया समाज दाङका सदस्य लोकमाया चौधरीको स्वागत मन्तव्यबाट शूरुभएको कार्यक्रममा जिल्ला सदस्य मानबुझउना चौधरी लगाएतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ साउन २ गते सोमवार
प्रतिक्रिया