तुलसीपुर,२ साउन । प्युठानमा सिचाईं पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका ५ कालिखोलामा रहेको सिचाईं पोखरीमा डुबेर स्थानीय पाँच वर्षीया पवित्रा थापा र चार वर्षीय प्रशान्त थापाको मृत्यु भएको हो ।
सोमबार दिउँसो पोखरी नजिकै खेल्ने क्रममा पवित्रा र प्रशान्त पौडि खेल्न थालेपछि डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ साउन २ गते सोमवार