रेडियो प्रकृतिले विदाई गर्यो चौधरीलाई

तुलसीपुर,३१ असार । पढाईको सिलसिलामा विदाई भएर जना लागेकि लाई रेडियो प्रकृति एफ.एम.ले विदाई गरेको छ । विगत लामो समय देखि रेडियोको समाचारको क्षेत्रमा कार्यरत दिप्तीशिखा चौधरी लाई रेडियोले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।

रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष खगेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरेलले रेडियो नै भविष्य नठानि लक्ष्य प्राप्तीको लागि सदैव अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

यस्तै विदाई भएर जान लाग्नुभएकि चौधरीले तिन बर्षको अवधिमा आफुले धेरै कुराहरु सिकेकाले रेडियो प्रति आभार प्रकट गर्नुभयो । उहाले पढाईको सिलसिलामा आफु टाढा भएपनि रेडियो प्रति आफ्नो साथ सहयोग रहिरहने बताउनुभयो । रेडियोका प्राविधिक प्रमुख माधव कडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिरकण रेडियोका न्युज डेस्क प्रमुख बसन्त परियारले गर्नुभएको थियो ।

चौधरी पढाईको सिलसिलामा काठमाण्डौ जान लागेकाले रेडियो बाट विदा हुनुभएको हो ।

प्रकाशित मिति : २०७४ असार ३१ गते शनिवार
प्रतिक्रिया