तुलसीपुर,३० असार । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले रुकुममा कालोमोसो आतंक मच्चाएको छ । पार्टीको निर्णय अनुसार जिल्लाका केहि सरकारी कर्मचारी माथी सार्बजनिक स्थलमै कालोमासो लगाएर बजार घुमाएपछि अन्य कर्मचारीहरुमा पनि आतंक फैलिएको छ ।
अहिले रुकुम जिल्ला स्थित बिभिन्न विकासे सरकारी कार्यालयहरुमा कार्यरत प्राबिधिक र आर्थिक फाँटमा कार्यरत कर्मचारी सबैभन्दा बढी आतंकित भएका छन । विप्लव समूहले एक साता बिचमा जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाई सब भिडिजिनका दुई जना ईन्जिनियरलाई कालोमोसो दलेपछि कर्मचारी आतंकीत छन् ।
जिल्लामा कर्मचारीमाथी कालोमोसो दल्ने कार्यको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी रुकुमले गरेको छ । जसको जिल्ला सेक्रेटरी निलम्बित अख्तियार प्रमुख लोकमासिह कार्कीलाई कालोमोसो दलेर चर्चामा आएका चन्द्रहादुर बुढा छन । भ्रष्टाचारी र अनियमितता गर्ने कर्मचारीमाथी पार्टीको योजना अनुसार नै कालोमासो दलिएको उहाँले बताउनुभयो ।